gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको हुँगामा स्मार्ट कृषि कार्यक्रमको प्रभाब: बिदेशबाट गाउँ फर्किएका युवा ब्यावसायिक कृषिमा

मनोज कार्की
गुल्मी, मंसिर ०७ । गुल्मीको छत्रकोट गाउँपालिका हुगाँमा स्मार्ट कृषि कार्यक्रम आएपछि कृषि प्रणाली खेती नै फेरीएको छ । प्रदेश ५ लुम्बीनी सरकारको पहलमा कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले गत बर्षदेखि छत्रकोट गाउँपालिकाको हुँगामा लागु भएको थियो । पहिले घरमा खानका लागि गरिने तरकारी खेती यतिबेला गाउँमै ब्याबसायिक खेती गर्न थालेका छन् । लुम्बीनी प्रदेश सरकार मार्फत गाउँमै स्मार्ट कृषि कार्यक्रम आएपछि बिदेशबाट गाउँ फर्किएका युवाहरु पनि गाउँमै ब्याबसायिक कृषि गर्न थालेका छन् । यस कार्यक्रमले ब्याबसायिक कृषी गर्न सिकाएको कृषकहरुले बताएका छन् ।

आ.व ०७६।०७७ लुम्बीनी प्रदेश सरकारबाट ५० लाख , कृषकको १० प्रतिशत गरी ६० लाख बिनियोजन भएको थियो । हुगाँमा स्मार्ट कृषि पहिलो चरणको कार्यक्रम सकिएको छ । यस कार्यक्रमको अबधि ४ बर्ष रहेको छ । यस आर्थिक बर्ष ०७७।०७८का लागि ३७ लाख ५० हजार ,छत्रकोट गाउँपालिकाबाट ७ लाख ७७ हजार ५ सय, कृषकबाट ३ लाख ३७ हजार ५ सय बजेट बिनियोजन भएको थियो ।

कृषी उपजलाई बजारको समस्या छैन

हुँगामा कृषकले उत्पादन गरेका कृषी उपजहरु गुल्मीका मुख्य बजार देखि बुटवल बजार सम्म पुग्ने गरेको छ । स्मार्ट कृषी समुह हुँगाले बार्षिक ५ सय देखि ७ सय टन कृषी उपजहरु बलेटक्सार श्रृंगा, रिडि, पाल्पा र बुटबल सम्म निर्यात गर्दै आएका छन् । स्मार्ट कृषी समुहमा ५२ जना आबद्ध रहेका छन् । उनीहरुले उत्पादन गरेका कृषी उपजहरु हरियाली तरकारी समुह बुटवल र पैँचो पसल प्रा.लि.ले खरिद गरि दिँदै आएका छन् । उनहरुले थालेको कृषिकर्म जिल्लामै लोभलाग्दो छ । टमाटर प्रतिकेजी ६० रुपैयाँ, बोडि प्रतिकेजी ८० रुपैयाँ, घ्यु सिमी प्रतिकेजी ८० रुपैयाँ, बन्दागोभी प्रतिकेजी ४० रुपैयाँ, फुलगोभी प्रतिकेजी ९० रुपैयाँमा पैचोँ पसल र हरियाली तरकारी समुह बुटवललाई होलसेलमा बिक्री गर्दै आएको समुहले जनाएको छ ।

सिचाँईको अभाबमा मौसमी खेतीमा सिमित

हुगाँका कृषकहरु प्रसस्त पानी नहुदाँ मौसमी खेती मात्र गर्न बाध्य छन् । तर गाउँमा स्मार्ट कृषि कार्यक्रम आएपछि बिगतका बर्षहरुमा भन्दा यस बर्ष कृषक उत्साहित छन् । तरकारी तथा कृषी उपज उत्पादनमा बृद्धि भएको छ । सरकारले सिचाँइमा त्यति चासो देखाउन नसकेको कृषकको गुनासो छ । सिचाँईको पहुँच नहुँदा उत्पादन फस्ट्याउन सकिरहेका छैनन् । यहाँका कृषकले मौसमी तरकारी खेती मात्र गर्दै आईरहेका छन् । कृषकहरु बर्खामा पानी जम्मा गरी हिउँदमा थोपा सिचाँई गर्दै आईरहेका छन् । यहाँका कृषकले मासिक ५ सयका दरले समुहमा रकम जम्मा गर्दछन् । कृषि समुहले बैठक बसि आबश्यक कृषी औजार दिदैँ आएको छ ।

कृषकसंगै छ गाउँपालिका: अध्यक्ष पन्त

छत्रकोट गाउँपालिका कृषकसँगै रहेर अगाडि बढिरहेका गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बताएका छन् । गाउँपालिकाले कृषी क्रान्ति गरिरहेका कृषकलाई खोर सुधार, हाते ट्याक्टर, टनेल लगाएत कृषिमा आबश्यक सामाग्री दिई कृषकलाई सहुलियत दिईरहेको गाउँपालिका अध्यक्ष पन्तले जानकारी दिए । गाउँपालिकाले खोला क्षेत्रमा प्रशस्तै सिँचाइ भए पनि डाँडाका कृषकलाई अनुदान र सहुलियत दिएर पानी संकलन गर्ने ट्यांकी, पोखरी, घैंटाहरू निर्माण गरिदिएको जनाएको छ ।

यो वर्षलाई कृषि वर्षको रुपमा लिएकाले छत्रकोट गाउँपालिकाले लिएको छ । गाउँपालिकाले कृषकलाई कृषिमा उत्साहित र प्रेरित गर्नको लागि एक वडा एक उत्पादन कार्यक्रम ल्याएको छत्रकोट गाउँपालिकाका जनाएको छ । यस बर्षदेखि स्मार्ट कृषि कार्यक्रम जिल्लाका सबै स्थानिय तहमा लागु भएको छ । जसमध्ये ७ वटामा कृषि गरिएको छ भने ५ वटामा पशुपाल गरिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D