gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको सेउघा-बर्बाेट सडक कालाेपत्रे हुने, १३ कि.मि. कालोपत्रे २ बर्षमा सकिने

हुमाकान्त पोखरेल
गुल्मी, २५ माघ । गुल्मीको रेसुङ्गा नगरपालिकाकाे सेउघादेखि धुर्काेट गाँउपालिकाकाे बर्बाेटसम्म जाने माेटरबाटाे कालाेपत्रे हुने भएकाे छ । ५ नम्बर प्रदेशकाे भाैतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा रहेकाे पूर्वाधार विकास कार्यालयमार्फत सडक कालाेपत्रे हुने भएकाे हाे ।

कुल १३ किलोमिटर पिच हुने उक्त सडक कालाेपत्रे गर्नकाे लागि कार्यालय मार्फत टेन्डरकाे सुचना प्रकाशित भइसकेकाे छ । सडककाे साढे पाँच मिटर चाैडा भाग कालाेपत्रे गरिने पूर्वाधार विकास कार्यालय, गुल्मीले जनाएकाे छ । आगामी वैशाख दाेस्राे हप्ताबाट सुरू हुने काम दुई बर्षमा सकिनेछ ।

उक्त सडक ५ नम्बर प्रदेशमै पहिलाे पटक गाँउपालिका पहुँचमार्ग अन्तरगत पिच हुन लागेकाे त्यसै क्षेत्रका प्रदेश सासंद दिनेश पन्थीले बताए । सडक पिच भएसँगै सिमाघाट, न्यूनिखर्क, लप्सि, जैसिथाेक, वस्तु, रजस्थल, वाग्ला, हाडहाडे लगायत मदाने र मालिकाका केही भागका नागरिक लाभान्वित हुनेछन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D