Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र जडान - Gulminews

गुल्मीको सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र जडान

टोपलाल अर्याल
गुल्मी, २० बैशाख । गुल्मीको सिद्धबाबा माबिमा भूकम्पक मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । सिद्धबाबा मावि सिस्मोमिटर जडान गर्नेे नेपालको १३ औ र जिल्लाको पहिलो बिद्यालयको हो । स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । यो यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने गर्दछ ।

विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सिद्धबाबा आफैमा नुमना मावि भएपनि अझै नमुना भएको बताए । उनले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भुकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा बिद्यालयमा सिस्मोमिटर जडान गरिएको बिद्यालयका प्रचार्य डोर बिक्रम श्रीसले बताए ।

बिद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससंग सम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टीकोणले हेर्ने गरिएको बताए । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानमा यो बिषय अध्धयन गर्ने पहिलो नेपाली समेत रहेका सुवेदीले बिद्यार्थी मार्फत अभिभाव र समुदायलाई सचेत बनाउन बिद्यालयमा यो यन्त्र जडान गरिएको जानकारी गराए ।

नेपालका २३ बिद्यालयमा यो उपकरण जडान गरिने उनले बताए । शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधी, बिद्यालय व्यावीथापन समितिका पदाधिकारी, शिक्षक लगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए । केहि दिन अघि स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानले पोखरामा उपकरणको बिषयमा बिद्यालयमा तीन जना शिक्षकलाई पोखरामा तालिम समेत प्रदान गरेको शिक्षक टीका खड्काले बताए । उनले बिस्तारै सवै बिद्यार्थीलाई यो बिषयमा अध्ययन गराउने बताए ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D