gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीको रुरु सहित मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नती

काठमाडौं, भदौ ०२ । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको एक सहित विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयमा स्तरोन्नती गरेको छ । गुल्मीको रुरु सहित झापा जिल्लाको शिवसताक्षी नगरपालिका ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका १ मा रहेको कोशी एक्सटेन्सन काउन्टरलाई पनि शाखा कार्यालयमा स्तरोन्नति गरिएको बैंकले जानकारी दिएको छ।

त्यस्तै धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर र धनुषाकै नागराईन नगरपालिका २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर शाखा कार्यलय बनेका हुन्।

जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो। यस अघि नै बैंकले सुनसरी जिल्लाको बराहाक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ। अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

योसँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ । एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D