गुल्मी, साउन २६ । सनराइज बैंक लिमिटेडले मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैङ्किङ सेवाको सुरुवात गरेको छ ।
मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा शाखारहित बैङ्किङको उद्घाटन गरिएको हो ।
स्थानिय रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैङ्किङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।