gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मीको पहिलेको अतिथी गृह, अहिलेको ‘भूत बंगला’: जहाँ हेलेन शाहदेखि मन्त्रीसम्म बस्थे

अनिल खत्री
गुल्मी, १४ फागुन । कुनै बेलाको निकै राम्रो अतिथि गृह अहिले भने ‘भूत बंगला’मा परिणत भएको छ ।

जिल्लामा आउने अतिबिशिष्ट व्यक्तिहरुको लागि निर्माण गरिएको अतिथि आवास गृह अहिले भने भूत बंगालामा परिणत भएको हो ।

सदरमुकाम तम्घासमा आउने कुनै पनि बिशिष्ट व्यक्तिहरुलाई राख्नको लागि भन्दै ०२५ सालमा निर्माण भएको भवन अहिले भने जिर्णसँगै भूत बंगाला नामले परिचित छ ।

साबिकको तम्घास गाविस र हालको रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा पर्ने अतिथि आवास गृह संरक्षण अभावले प्रयोगबिहीन छ ।

मर्मत नहुँदा आवास गृह प्रयोगबिहीन भएपछि स्थानीवासीले यसलाई भूतबंगाला भनेर चिन्छन् । तत्कालीन समयमा निकै कलात्म ढंगले निर्माण गरिएको भवन हाल जिर्ण अवस्थामा छ ।

भवन जिर्णसँगै उक्त टोलकै नाम भूत बंगलाले परिचत हुने अवस्था आएको छ । तत्कालीन समयमा जिल्ला सदरमुकाममा कुनैपनि त्यस्ता बिशिष्ट बस्ने खाने खालका होटलहरु नहुँदा अतिथि राख्नको निम्ति राज्यले धेरै रकम खर्चेर अतिथि आवास गृह निर्माण गरेको हो ।

आवास गृह निर्माणसँगै केही वर्ष प्रयोगमा पनि खासै प्रभावकारी भने नभएको स्थानीयको भनाइ छ । तर, हाल पछिल्लो समय यता मान्छे पनि नबस्ने जुन उदेश्यले निर्माण भयो त्यो पनि नहुँने मर्मत र प्रयोगबिहीन भएसँगै आवास गृह भूत बंगला बनेको छ ।

तत्कालीन समयमा तम्घास लगायत गुल्मी जिल्लामै उत्कृष्ट मानिने उक्त आवास गृहमा निकै मेहनत र कलात्मक तरिकाले निर्माण भएको स्थानीयवासी बताउँछन् ।

आवास गृह निर्माणको तत्कालीन लागत फेला पर्न नसकेपनि उक्त समयमा धेरै रकम लगाएर निर्माण भएको स्थानीयवासीको भनाइ छ ।
आवास गृह दुईवटा तल रहेको छ । गृहको प्रत्येक कोठामा काठमाथि ढुंगा र त्यसमाथि पलस्टर गरेर निकै बलियो र कलात्मक बनाइएको थियो ।

तत्कालीन समयमा बाग्लुङ्गका ठेक्दारले ठेक्का लिएर निर्माण भएको भवनमा जिल्लाको इस्मा लगायत धेरै ठाउँबाट बहुमूल्य काठहरु ल्याएर आवास गृह बनाइएको भनाइ छ । उक्त ठेक्दारले भवन पूरा स्टेमेट अनुरुप काम गर्दा गर्दै घाटा खाएको भन्ने स्थानीयवासी बताउँछन् ।

आवास गृहमा भान्सा कोठा, हल र अन्य अतिथि कोठाहरुसँगै ८ वटा रहेका छन् । तत्कालीन समयमा पनि हालको जत्तिकै कलात्म र अत्याधुनिक तरिकाले निर्माण भएको आवास गृहमा गुल्मी जिल्लामा आउने केही बिशिष्ट अतिथिहरु बसेको पाइन्छ ।

जहाँ हेलेन शाहदेखि मन्त्रीसम्म बस्थे

०४२ सालमा हेलेन शाहादेखि नेपालका बिभिन्न मन्त्री तथा अन्य बिशिष्ट पाहुनाहरु आएर बस्ने गरेको लामो समयसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीमा रहेका नासु भुवन बस्नेतले बताए ।

उनका अनुसार तत्कालीन समयमा तम्घासमा बिशिष्ट पाहुना राख्नको लागि निकै समस्या हुने गरेकाले पाहुना राख्नको लागि अतिथि आवास गृह निर्माण भएको बताए ।

आवास गृहलाई निर्माण भएयता ०४९ सालमा पुनः निर्माण गरिएको थियो । राज्यबाट संरक्षण मर्मतमा कुनै पनि रकम नआएपनि पछि ०५४ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले कार्यालयको लागि खर्च गर्न पाउने स्टेशनरी खर्च कटाएर मर्मत गरेको नासु बस्नेतले बताए ।

जिल्ला प्रशासनमा कुनै त्यस्तो खर्च नभएपनि निकै मेहनत गरेर प्रजिअले मर्मत गरेको उनको भनाइ छ । त्यस यताको समयमा भने कुनैपनि मर्मत र प्रयोग, संरक्षणमा तर्फ ध्यान जान सकेको छैन् ।

जिल्ला प्रशासनको स्वामित्वमा रहेको आवास गृह भवन मात्रै ६ आना ३ पैसा क्षेत्रफलमा रहेको छ । आवास गृह रहेको स्थानमा अन्य खाली ठाउँसमेत रहेको छ । पछिल्लो समय यता आवास गृह प्रयोगबिहीन बन्दै गएसँगै तारबार गरेर राखिएको छ ।

बिशिष्ट अतिथि राख्नको लागि निर्माण भएको आवास गृह केही समयसम्म प्रयोग भएपनि सोचे अनुरुप प्रयोगमा नआउँदा र वरिपरी घरहरु पनि नभएकोले डराउने अवस्थामा रहेकाले भूत बंगला भन्ने गरेको स्थानीय तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थीले बताए ।

‘अतिथिहरुको लागि भनेर निर्माण भएको थियो,’ पन्थीले भने ‘खासै मान्छे पनि नबस्ने र त्यस वरिपरी घरहरु पनि नहुँदा भूत बस्ने जस्तो भयो भनेर भूत बंगाला नाम रह्यो ।’

क्याम्पसदेखि एनजीओ कार्यालयसम्म

अतिथिको लागि निर्माण गरिएको आवास गृहमा केही समय बिभिन्न कार्यालयहरु बसेको पनि भनाइ रहेको छ । ०२९ सालमा गुल्मी इन्टर क्याम्पस केही समयको लागि सोही भवनबाट सञ्चालनमा आएको पूर्व क्याम्पस प्रमुख पन्थीले बताए ।

क्याम्पसको कार्यालय, किरण पुस्ताकालयमा राखिएको र पढाइ केही समय त्यसआवास गृहबाट सञ्चालन भएको पन्थीले बताए ।

हाल उक्त क्याम्पस बन्द भएको छ । क्याम्पससँगै जिर्ण अवस्थामै तत्कालीन तम्घास गाविस पनि केही समयसम्म त्यहीँ आवास गृहमा राखिएको थियो ।

गाविससँगै पछि रेसुङ्गा नगरपालिका पनि केही समय त्यही ँबाट सञ्चालनमा आएको थियो । केही समयसम्म सेतो गुँरास भन्ने संस्था पनि बसेको पाइन्छ ।

पछिल्लो केही वर्षसम्म कर्मचारीहरु बस्ने गरेपनि आवास गृह केही भाग चर्किएपछि हाल भने प्रयोगबिहीन अवस्थामा छ ।

आवास गृह प्रयोगबिहीनसँगै हाल भने झनै जिर्ण अवस्थामा रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले बताए । पहिलेदेखि नै प्रयोगबिहीन, मर्मत र संरक्षण नहुँदा जिर्ण बन्दै गएको अर्यालले बताए ।

आफू जिल्ला आएसँगै आवास गृहको अवस्था बारे हेरे प्रजिअ अर्यालले भने ‘हालको अवस्थामा भन्ने हो भने मर्मत गर्न खर्च पनि धेरै लाग्छ र मर्मत गरेपनि प्रयोग केका लागि गर्ने ।’ तत्कालीन समयमा ऐतिहासिक आवास गृह पनि हो अर्यालले भने ‘हाल त्यसलाई सामान्य मर्मतले हुँदैन् ।’

आवास गृह प्रयोगबिहीन र वरिपरी घरहरु नबनुन्जेल त्यस स्थानमा प्रेमी प्रेमीकाहरु भेट हुने स्थलको रुपमा पनि परिचित मानिथ्यो । तर, पछिल्लो समय यता त्यस स्थान परिपरी घरहरु बनेका छन् । देश संघीयता कार्यान्वयनसँगै जिल्लाको अधिकार गाउँपालिका केन्दि्रत पुगेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेका कार्यालयहरुको अधिकार नगर र गाउँपालिका केन्द्रित हुँदा जिल्लाका झण्डै १ दर्जन कार्यालय थप नयाँ भूत बंगला बन्दै छन् ।

सरकारले लाखौ खर्चेर निर्माण गरेका भवनहरु अन्य प्रयोजनमा नल्याए जिल्ला सदरमुकाममा रहेका थप १ दर्जन कार्याहरुको अवस्था पनि त्यस्तै बन्ने छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D