gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको छत्रकोटमा पनि खोल्यो ग्लोबल आइएमईले शाखारहित सेवा

काठमाडौं, माघ १२ । ग्लोबल आइएमई बैंकले गुल्मीमा थप १ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले जिल्लाको छत्रकोट गाउँपालिकाको दिगाममा बुधबारदेखि आफ्नो ६३ औँ शाखा रहित बैंकिङ्ग सेवा थालेको हो ।

गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४, दिगाममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्थालाई ब्यवसायिक प्रतिनिधी तोकेको बैंकले जनाएको छ ।

सो शाखामा बैंकमा दिने सेवाहरु मध्ये खाता खेल्न, रकम झिक्न र राख्न, रकमको जानकारी लिन, अन्य शाखाहरुमा रकम पठाउन, बिदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने बैंकले गुल्मीन्युजलाई जानकारी गराएको छ ।

यसअघी यही हप्ता बैंकले गुल्मीकै मुसिकोट नगरपालिकामा पनि दुई स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरिसकेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को आँपचौर र वडा नम्बर ६ को भुवाचिदी बजारमा आज शाखा रहित सेवा शुभारम्भ गरेको हो ।

त्यस्तै बैंकले बुधवारै अर्घाखाँचीमा पनि आफ्नो ६४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाईलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको समेत बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६४ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D