gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको गाउँमै बसेर युट्युबबाट कती कमाउँछन् पौडेल? बने नेपालकै नं १ युट्युबर

सन्जु काउछा
पुष १ । रबिलाल पौडेल, नेपाली युट्युब जगतमा चलेको नाम । अझ पञ्चेबाजाका पारखीहरु त उनलाई नचिन्ने शायदै होलान् । गाउँमा कसैको बिहे भयो, कतै पूजा भयो, कुनै साँस्कृतिक कार्यक्रम वा मेला-महोत्सब भयो भने मान्छेहरुले खोज्ने/हेर्ने भिडियो भनेकै उनको च्यानलमा हो । नेपाल जस्तो प्रविधीको सिमितता रहेको देश, त्यसमाथी गुल्मीको गाउँको बसाई तर उनको कामलाई केहीले रोकेन । बिगत केही बर्ष देखी निरन्तर अप्डेटमा छन् उनी ।

गाउँघर छोडेर देशका अन्य ठाउँमा अनी बिदेशमा रहनेहरुको गाउँ ठाउँ प्रतिको झ-झल्को भिडियोहरु मार्फत निरन्तर मेटाईरहेका छन् उनले ।

नेपालकै नं १ युट्युबर?
रबिलाल पौडेलले गुल्मीन्युजसँगको कुराकानीमा आफु सम्भवत: नेपालकै १ नं युटुबर भएको दाबी गरे । नेपालमा केही च्यानलहरु छन् जस्का १० लाख भन्दा बढी सब्स्क्राईबरहरु छन् अनी एउटै भिडियो २०-३० लाख पटक हेरिएका छन्, तपाईं कसरी १ नम्बर भन्ने प्रश्नमा उनले भने, “ती कम्पनी वा समुहका च्यानल हुन्, कुनै एउटा ब्याक्तिको ब्याक्तिगत एकाउण्टमा ५० मिलियन भ्युज भएको च्यानल सम्भवत: नेपालमा मेरो नै पहिलो हो ।” उनको च्यानलमा अहिले सम्म १ लाख भन्दा बढी सब्स्क्राईबर छन् ।

कसरी सुरु भयो त युट्युब कर्म?
“पहिले म पनि भारतमा थिए, त्यहाँ हुँदा आफन्तहरुकोमा बिहे पूजाआजा हुँदा घर जाने समय मिल्थेन”, पौडेलले भने, “जान त पाईएन भिडियो हेरौँन भन्यो कुनै माध्यमा नै नहुने, गाउँबाट ६ महिना पछी बल्ल बल्ल सिडी आउँथ्यो । पछी नेपाल फर्के पछी अरुको गाउँठाउँको झल्को मेट्ने काम गरौँ भनेर सुरु गरेको पछी यसमै नशा बस्यो ।”

कती हेरिन्छन् उनका भिडियो?
पौडेलको च्यानलमा २० लाख पटक सम्म हेरिएको भिडियो छ । १० लाख पटक भन्दा धेरै हेरिएका भिडियोहरु पनि थुप्रै छन् । युट्युबको जानकारी अनुसार उनको च्यानलबाट यो रिपोर्ट तैयार पार्दा सम्म ५० मिलियन अर्थात ५ करोड पटक भिडियोहरु हेरिएका छन् ।

कमाई कती हुन्छ?
पौडेलले आफ्नो च्यानलमा भिडियो मात्र राख्दैनन् ति भिडियोबाट राम्रो कमाई पनि गरिरहेका छन् । कमाई कती हुन्छ त भन्ने गुल्मीन्युजको प्रश्नमा हाँस्दै पौडेलले भने, “कमाईले नयाँ क्यामरा जोड्न, बाईक चढ्न र खर्चपानी चलाऊन राम्रै पुगेको छ आजसम्म” । उनले थपे, “युटुबको कमाई बचाएर राखेको भए आज सम्म एउटा पक्की घर बन्ने जती पैसा आएछ ।” भिडियो तैयार गर्न खर्च पनि हुन्छ होला नी भन्ने प्रश्नमा उनले भने, “मोबाईलबाट खिचेर राखे जस्तो त अली हुन्न मेरो खर्च पनि राम्रै छ ।” उनले सुरुसुरुमा २ दिन लगाएर एउटा भिडियो अप्लोड गरेको अनुभव पनि आफुसँग भएको र पछी द्रुत गतिको ईण्टरनेट जडानमा झन्डै १ लाख खर्छ भएको बताए । अहिले पनि बर्षमा झण्दै ६० हजार त ईण्टरनेटमै खर्च हुने बताए । “क्यामरा पनि राम्रै खाले किनियो अब ड्रोन किनेर अली फरक तरिकाले लाग्ने सोचमा छु”, पौडेलले भने ।

हेर्नुहोस् पौडेलको च्यानल:
https://www.youtube.com/user/poudelrabilal

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D