gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको एक गाउँपालिकाले सार्वजनिक गर्‍यो अधिकारिक एप, सम्पूर्ण गतिविधि अब तपाईंको माेबाइलमा

सन्ताेष महतारा
गुल्मी । मालिका गाउँपालिकाका सम्पूर्ण गतिविधि अब तपाईंको माेबाइलमा हेर्न सकिने भएको छ । मालिका गाउँपालिकाले माेबाइल एप सार्वजनिक गरेकाे छ,त्यसैबाट सम्पूर्ण गतिविधि हेर्न सकिने भएकाे हाेे ।

गाउपालिकाले मोबाइल एप्लिकेसन सूचना प्रविधि विभाग (डोइट) को सहकार्यमा मालिका गाउँपालिकाको अधिकारिक मोबाइल एप्लिकेसन (मोबाईल App) सार्वजनिक गरेको छ । मोबाईलको play store मा गएर Malika Rural Municipality Gulmi एप्स डाउनलोड गर्न सकिनेछ ।

यस एपमा गाउँपालिकाबाट लिन सकिने सेवाहरुको बारेमा, बजेट तथा कार्यक्रम, योजना तथा परियोजनाहरुको जानकारी, सूचना तथा जानकारी, समस्या दर्ता, सुझाव तथा गुनासो, निर्वाचित जनप्रतिनिधिको फोटो सहितको सम्पर्क नम्बर, कर्मचारीहरुको फोटोसहितको सम्पर्क विवरण, कार्यालयबाट पारित ऐन कानुन तथा कार्यविधि, वडाहरुको विवरण पनि बुझ्न सकिने छ ।

त्यसैगरी,योजना सम्झौता कार्यनयन र भुक्तानि प्रकिया सम्बन्धी जानाकारी लिन सकिने यो एप्समा गाउपालिका भित्रका महत्वपुर्ण स्थानहरु म्याप्समै हेर्न सकिने र आपतकालिक नम्बर थाहा पाउन सकिने, जनमत जाहेर गर्न पनि सकिने छ ।

गाउपालिकाले आधुनिक युगसँग‌ै याे अहिले आवश्यक रहेकाे भन्दै संचालनमा ल्याएको सुचना प्रबिधि अधिकृत जगत पौडेल बताए । यो एप्स बाट गाउँपालिकाका सर्बसाधारण लाभान्वित हुने प्रमुख प्रसासकिय अधिकृत लेखनाथ पोखरेल ले जानाकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D