gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको उद्योग बाणिज्य संघ अधिबेशन यही पुस २८ र २९ मा

अनिल खत्री
२१ मंसिर, गुल्मी । गुल्मीको उद्योग बाणिज्य संघ गुल्मीको पुस २८ गते अधिबेशन हुने भएको छ । शुक्रवार बसेको जिल्ला कार्य समितिको बैठकले आउदो पुस २८ र २९ गते २७ औं जिल्ला अधिबेशन गर्ने निर्णय गरेको बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।

जिल्लाको सदरमुकाम तम्घासमा कार्यलयको संघ ५ वटा उपशाखा आबद्ध रहेका छन् । बिसं. २०४० सालमा स्थानपना गरिएको बाणिज्य संघ गुल्मीमा बिभिन्न व्यवसाय गर्दै आएका ५ सय वढि सदस्यहरु संघमा आबद्ध रहेको महासचिव भुसालले बताए । बैठकले बाणिज्य संघ गुल्मीले प्रदान गर्दै आएको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारको लागि छनोट गर्न समिति समेत गठन गरेको महासचिव भुसालले बताए ।

अधिबेशन सम्पन्न गर्नका लागि केहि समिति गठन गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए । अधिबेशनले आगामी ३ वर्ष को लागि नयाँ नेतृत्व चयनका गर्नेछ । बाणिज्य संघ गुल्मीले यहाँको कृषि तथा पर्यटनलाई टेवा पु¥याउने उदेश्यले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवबाट उठेको रकम मध्ये ४० प्रतिशत रकम सामाजिक कार्य समेत गर्दै आएको ।

महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषाहरुलाई उजागर गर्ने उदेश्यले महोत्सव मार्फत नयाँ प्रतिभालाई प्रोत्साहन स्वरुपमा यस्ता कार्यक्रम गर्दै आएको छ । जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ बाणिज्य संघ गुल्मीले काम गर्दै आएको छ ।

संघले अघिल्लो र यस कार्यकालमा तम्घासमै ५ सय जना मानिस अटने सुबिध सम्पन्न ठूलो सभा हल निर्माण गरेको छ । कार्यालय परिसर नजिकै मानिसहरुको आवत जावतको लागि पक्की पुल निर्माण गरेको छ । त्यस्तै जिल्लाको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा आधुनिक खालको पैदल मार्गको लागि सिढि निर्माण सुररु गरेको छ ।

गत वर्ष गुल्मीमा सम्पन्न तेस्रो गुल्मी महोत्सवबाट संकलित रकमबाट रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञशालासम्म पैदलमार्गको लागि आधुनिक सिढि निर्माण कार्य थालिएको हो । संघले जिल्लामा बिभिन्न अरु बिकास निर्माणसँगै सामाजिक कार्यमा पनि नेतृत्वदायि भूमिकामा रहेका काम गर्दै आएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D