gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका ७ स्थानीय तहमा “गरिबसँग बिशेश्वर कार्यक्रम”, १६१३ परिवार लाभान्वित

अनिल खत्री
२५ असार, गुल्मी । गुल्मीमा “गरिबसँग बिशेश्वर कार्यक्रम” ले बिभिन्न स्थानीय तहमा कार्यक्रम गरेको छ । जिल्लाका १२ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालित रहेको छ । जिल्लाका सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, इश्मा गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिकामा कार्यक्रम सञ्चालित रहेको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिका, मालिका गाउँपालिकामा “गरिबसँग बिशेश्वर कार्यक्रम” ले बिभिन्न कार्यक्रम गरेको गरिबसँग बिशेश्वर कार्यक्रम गुल्मी जिल्ला समन्वय कर्ता सञ्जीवनी अर्यालले जानकारी दिइन् । यस आर्थिक वर्षमा सत्यवति गाउँपालिकामा ३६ घरपरिवारमा बाख्रा बितरण गरेको छ । त्यस्तै २ सय २७ घर परिवारमा बिभिन्न बिउपल बितरण गरेको समन्वय कर्ता अर्यालले जानकारी दिइन् ।

गुल्मीदरवार गाउँपालिकामा १५ घर परिवारमा बाख्रा बितरण गरेको छ । त्यस्तै १ सय ९६ घरमा बिभिन्न बिउपल बितरण, ४२ घरमा कुलो निर्माण गरेको छ । छत्रकोट गाउँपालिकामा ३६ घरपरिवारलाई बाख्रा बितरण गरेको छ । १ सय ९० घर परिवारलाई बिभिन्न बिउ पल बिरतण गरेको छ । चन्द्रकोट गाउँपालिकामा ३१ घर परिवारलाई बाख्रा बितरण गरेको जिल्ला समन्वय कर्ता अर्यालले जानकारी दिइन् ।

२ जनालाई आरनपंखा बितरण गरेको छ । त्यस्तै जिल्लाको मालिका गाउँपालिकामा ३६ घर परिवारलाई खानेपानीको प्लाष्टिक टंकी बिरतण गरेको छ । २ सय २७ घरपरिवारलाई बिभिन्न बिउ पल बितरण गरेको छ ।

इस्मा गाउँपालिकामा १ सय ४० जना लाभाम्वित हुने मकै छोडाउने कर्नथ्रेसर, ५ जनालाई प्लाष्टिक टनेल र टमाटरको बिउ र २ सय ८८ जनालाई सिजनल बिउपल बितरण गरिएको जनाएको छ । त्यस्तै ११ जनालाई थोपा सिंचाइ, १२ जनालाई टनेल र १ सय ६६ जनालाई बिउपल बिरतण गरेको जिल्ला समन्वय कर्ता अर्यालको भनाई छ ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा बाख्राको पाठी बितरण गरेको छ । २५ जनालाई १ हजार कागतिको बिरुवा बितरण गरेको गरिबसँग बिशेश्वर कार्यक्रम गुल्मीले जनाएको छ । नेपालमा पहिलो पटक विपन्न परिवारलाई रोजगारी तथा आयमूलक कृयाकलापका माध्यमबाट सामाजकि तथा आर्थिक अभियानमा संलग्न गराउने उद्येश्यमा आधारित भएर “गरिबसंग बिशेश्वर कार्यक्रम ”को सुरुवात गरिएको हो ।

आर्थिक वर्ष ०५५÷५६ साल देखी यो कार्यक्रम संचालनमा आएको हो । गुल्मी जिल्लामा पनि ०५६ साल देखी यो कार्यक्रमको सुरुवात भएको थियो । जिल्लाभरमा यस कार्यक्रममा ८४ वटा समूह गठन भएका छन् जसको परिवार संख्या १६१३ छ । समूहले आन्तरिक बचत गर्ने कर्जा लिने पैँचो कार्यक्रम लगायत गर्दै आएका छन् । जिल्लाका विपन्न परिवारलाई समूहमा आबद्ध गराई उनिहरुलाई आयआर्जनमा प्रत्यक्ष संलग्न गराउन यस कार्यक्रमले अग्रणी भूमिका निर्वाह गरेको छ ।

लक्षीत वर्गहरुले यस कार्यक्रमबाट राहतको महसुस गरेको प्रतिकृया दिन्छन् । यो यस्तो कार्यक्रम हो जसले गरिबको घरदैलोमा पुगेर उनिहरुको चाहाना अनुसार प्रत्यक्ष सरोकार राख्ने काम गर्दै आएको छ । आयआर्जन, क्षमता विकास,संस्थागत विकास,सिप विकास,साना भौतिक पूर्वाधार जस्ता कार्यक्रमले यस समुदायमा लाभ पुगेको छ । विपन्न परिवारले धेरै रुचाएको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई लिन सकिन्छ ।

विपन्न परिवारको जीवनस्तर माथी उठाइ उनिहरुको आयमूलक कृयाकलापलाई सम्मुन्नत मुलुक निर्माणको पुलमा जोड्नु मुख्य उद्येश्य हो । उनिहरुमा सकारात्मक सोंचको विकास गर्नुको साथै उनीहरुमा कार्यक्षमता , दक्षता ,क्रियाशिलता र उद्यमशिलता प्रर्बद्यन गरी व्यापक सहभागिताका साथ रोजगारी र व्यवसायिकीकरण गर्ने उद्येश्यले हरेक जिल्लामा गरिबसंग बिशेश्वर कार्यक्रमको सुरुवात भएको हो ।

विपन्नको परिभाषा विभिन्न मुलुकमा आ–आफ्नै किसिमले गरेको पाइन्छ । नेपालको सन्दर्भमा बार्षिक १६ हजार भन्दा कम आम्दानी हुने परिवारलाई विपन्न भन्ने गरीएको छ । आगामी १० वर्षभित्र राष्ट्रीय समृद्धि , समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अतिकम विकसित राष्ट्रबाट दु्रत विकाससिल राष्ट्रमा पु¥याउने सरकारको लक्ष्यमा यस कार्यक्रमले पनि केहि इटा थप्ने काम गर्ने उदेश्य राखिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D