gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका ५ स्थानमा मेघा बैंकका शाखा रहित बैंकिङ सेवा बिस्तार

अनिल खत्री
२९ जेठ गुल्मी । गुल्मीमा मेघा बैंकले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको छ । जिल्लाका ग्रामीण भेगमा पनि बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ५ स्थानमा शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको मेघा बैंकका गुल्मी शाखा प्रमुख शालिक पन्थीले जानकारी दिए ।

बैंकले मुसिकोट नगरपालिका अन्र्तगत इन्द्रेगौडा, भुवााचदी, छत्रकोट गाउँपालिकाको मनभाक, मानकोट, मालिका गाउँपालिकामा पनि शाखा रहित बैंकिङ शाखा बिस्तार गरेको जनाएको छ । शाखा रहित बंैकीङ्ग शाखाबाट नयाँ खाता खोल्न रकम जम्मा गर्न र निकाल्न,रेमिटान्स सेवा पनि लिन सकिने बैंकले जनाएको छ ।

ग्रामीण स्तरमा रहेका सेवाग्रहीलाई बैंकिङ कार्यको लागि सदरमुकाम पुग्नु पर्ने बाध्यतालाई मध्य नजर राखेर शाखा बिस्तार भएको पन्थीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D