गुल्मीका २० बर्षिय युवाको युकेमा मृत्यु

२६ जुलाई । युकेमा गुल्मीका एक युवाको मृत्यु भएको छ । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिक वार्ड नं ८ साविकको तुरांग मजुवा स्थायी घर भएका २० बर्षिय राजिब अर्यालको मृत्‍यु भएको हो ।

हाल लन्डनको चार्लटनमा बस्दै आएका लक्ष्मी नारायण (नानु) अर्यालका छोरा राजिवको गत २९ असारका दिन होस्टलमै सुतेको अवस्थामा मृत्यु भएको हो ।

लामो समय देखी लण्डनमा बस्दै आएका अर्यालको मृत्‍युको कारण भने नखुलेको पारिवारिक स्रोतले बतायो ।

गुल्मी जिल्ला समाज युकेका अध्यक्ष राम गलामीले अर्यालको मृत्युले सबैलाई स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गर्दै श्रदान्जली अर्पण गरेका छन् ।

मृतकका बुबा लक्ष्मी नारायण गुल्मी जिल्ला समाज युकेका आजीवन सदस्य समेत हुन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D