गुल्मीका २० जना उद्यमी सम्मानित

अनिल खत्री
९ मंसिर, गुल्मी । गुल्मीमा ५ औं उद्योग दिवसको अबसरमा २० जना उद्यामी सम्मनीत भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर उद्योग दिवस मनाईएको हो ।

दिवसको अबसरका जिल्लामा सिलाइ कटाइ हुजीवारी, ढाका उद्योग, डेरी उद्योग, फलफुल तथा अचार उद्योग, क्रिस्टलका गहना, व्युटी पार्लर, चाउमिन उद्योग, बेकरीज, स्क्रीन्ट प्रिन्ट लगायतका व्यवसाय गर्ने २० जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित भएका व्यवसायीलाई कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समिति प्रमुख अतिथीसमेत रहेका लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सम्मान गरेका थिए ।

उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राखिएको कार्यक्रममा विभिन्न उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा साना उद्योगहरुलाई विकास गरी आम्दानीको श्रोत बढाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

गुल्मीको समृद्धिका लागि कृषि र पशुपालनको क्षेत्रमा योगदान गर्नुपर्नेमा पराजुलीको भनाई छ । बिगतमा शान्ति सुरक्षाको कारण लगानी मैत्री वातावरण नहुन, उद्योग धन्दाहरु धरासाही बनेर बन्द भएकाले निर्यात घटनु र आयात बढेको बताए । उत्पादन भएको बस्तुले बजार नपाउने समस्या हटेकाले साना तथा ठूला उद्योगहरु तर्फ लाग्नु पर्नेमा पराजुलीको बताउनु भयो । जिल्लामा कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि ल्याउन सकिने भएकाले कृषि क्षेत्रमा उत्पादन बढाएर आर्थिक स्थितिलाई बलियो बनाउनु पर्ने पराजुलीको भनाई छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाढिणज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी लगायतले निर्यात गर्ने वस्तु कम भएकाले व्यापार घाटा बढेको बताएको थिए । उद्योग व्यवसायमा कम चासोका कारण उत्पादन पनि नहुदा परनिर्भरता बनेको बताएका थिए । जिल्लामा घरेलु उद्योगको क्षेत्रमा कसरी कार्यक्रमको समन्वय गर्ने बारे जिल्लाका ८ वटा स्थानीय तहमा छलफल गरिसकेको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका बरिष्ट उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । जिल्ला रहेका स्थानिय तहको सहभागितामा उद्योगिहरुलाई सहयोग र विभिन्न सीपमुलक तालिम लगायत गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता क्षेत्रमा काम गरिरहेको बरिष्ट उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D