gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीका स्वास्थ कार्यक्रमको बार्षिक समिक्षा भार्सेमा, मालिका गाउँपालिका प्रथम

टोपलाल अर्याल
गुल्मी, भदौ २५ । जिल्लाको मालिका गाउँपालिका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगतीको मुख्य सुचक मुल्यांकनको आधारमा प्रथम भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले बार्षिक समिक्षा कार्यक्रमको सन्दर्भमा गाउँपालिकालाई सम्मान गरेको छ । जिल्लाका १२ स्थानीय तह मध्ये सुचकहरुमा उत्कृष्टता हासिल गरेर मालिका गाउँपालिका प्रथम भएको हो । ७८.२ अंक प्राप्त गरेको छ । गाउँपालिकाका प्रमुख देबिराम अर्याल र स्वास्थ्य संयोजक बसन्त भुसाललगायतलाई स्वास्थ्य कार्यालय सम्मान गरेको थियो ।

त्यस्तै छत्रकोट गाउँपालिका ७७ अंकका साथ दोस्रो भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोख्रेल र सपना टण्डनलाई कार्यक्रममा सम्मान गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिका तृतिय स्थान प्राप्त गर्न सफल भएको छ । स्वास्थ्य शाखा प्रमुख डिबी जिसी र पुस्कर गौतमलाई स्वास्थ्य कार्यालय गुल्मीले सम्मान गरेको छ । चौथो स्थानमा इस्मा गाउँपालिका र पाँचौ स्थानमा सत्यवति गाउँपालिका रहेका छन् । स्वास्थ कार्यालय गुल्मीले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रममा उत्कृष्ट पालिकाहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले अन्तरपालिकाबिच उदाहरणीय कामहरुको अनुशरण गर्नुपर्नेमा जोड दिए ।

शिक्षा र स्वास्थ्य आम नागरिकसंग प्रत्यक्ष जोडिने बिषय भएकाले महत्वपूर्ण अभियान र कार्यक्रममा स्थानीय तहसंग समन्वय समितिले समन्वय र सहयोग गर्ने खत्रीले बताए । उनले उत्कृष्ट हुनेहरुलाई उपलब्धि संस्थागत गर्न र बाँकी पालिकालाई नयाँ उर्जाका साथ काम गर्न आग्रह गरे । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले पालिकाहरुलाई स्वास्थ्यको क्षेत्रमा थप रचनात्मक बनाउन मुल्यांकन र सम्मानको नयाँ कार्यक्रम ल्याइएको जानकारी दिए । उनले बार्षिक रुपमा सवै पालिकाले स्वास्थ्यको क्षेत्रमा काम गरेपनि डकुमेण्टटेशन र रिर्पोटिङ्गसंगै सूचक अनुसारको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमको समिक्षा तथा पर्यटकीय क्षेत्र भार्सेको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उदेश्यले सत्यवती गाउँपालिका छनौट गरेकोमा सत्यवती गाउँपालिका प्रमुख टिकाराम पान्डेयले स्वास्थ कार्यालयलाई धन्यवाद दिए । उनले आफुहरु जननिर्वाचित भएकाले जनताका माग अनुसार भौतिक पुर्वाधारमा दौडनु पर्ने बाध्यतामा रहेपनी स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिने पान्डेयले बताए । कार्यक्रममा जिल्लाका १२ वटा स्थानीय तह, स्वास्थ्य कार्यालय र नार्डेकले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरुको बार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गरेका थिए । पालिका स्तरिय समिक्षापछि जिल्लास्तरिय समिक्षा हुने गदर्छ । अब लुम्बिनी प्रदेशमा १२ वटा जिल्लाले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउने छन् । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र सलामी, सत्यवति गाउँपालिका प्रमुख टिकाराम पाण्डेय, मालिका गाउँपालिका प्रमुख देविराम अर्याल, सत्यवति गाउँपालिका उपप्रमुख निरमाया तरामु, जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी, गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या, सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D