काठमाडौं, १३ मंसिर । गुल्मी जिल्ला निवासी समाजसेवी विरबहादुर बस्नेतको आज बिहान स्वर्गारोहण भएको छ ।
पेट सम्बन्धी रोगले पछिल्लो एक वर्षदेखि बिरामी पर्दै आउनु भएका बस्नेतको ८१ वर्षको उमेरमा काठमाडौंमा उपचारको क्रममा स्वर्गाहरण भएको हो ।
बस्नेतलाई हेलिकप्टरबाट रिडी लगिएको थियो । बस्नेतको इच्छा अनुसार पाल्पा र गुल्मीको संगमस्थल रिडिमा अन्तिम दाहसंस्कार पनि आजै गरिएको हो ।
उहाँका चार छोरा, चार छोरी र श्रीमती हुनुहुन्छ । जेठा छोरा रामबहादुर बस्नेत कानुनी किताव व्यवस्था समितिका सहसचिव हुनुहुन्छ भने अन्य ३ छोराहरु बिदेशमा हुनुहुन्छ ।