gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका सबै पालिका प्रमुखहरु र राजनैतीक दलका प्रमुखहरु होम क्वारेन्टाइनमा

काठमाडौं, जेठ १३ । गुल्मीमा गाउँपालिका अध्यक्षमा नै कोभिड–१९ संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख र तिनका चालकहरु होम क्‍वारेन्टाइनमा बसेका छन् । जिल्लास्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै छन् ।

प्रदेश प्रयोगशाला भैरहवामा सोमबार भएको परीक्षणमा धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना पोजिटिभ देखिएको थियो । उनको तम्घासस्थित आइसोलेसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य नै छ । उनी सञ्‍चार माध्यममा सार्वजनिक भएर आफू छिट्टै कोरोना जितेर सामाजिक काममा पुनः सक्रिय हुने बताएका छन् ।

‘म सामान्य नै छ, कुनै अप्ठ्यारो र लक्षण महसुस भएको छैन,’ उनले भने, ‘फुर्सदको समयलाई आगामी वर्षका योजना तयार गर्न केन्द्रित गर्दैछु ।’ उनले विभिन्‍न सञ्‍चारमाध्यम मार्फत् गाउँपालिका भित्रका कोही पनि हतोत्साहित नबन्‍न आग्रह गर्दै लकडाउनलाई पूर्ण पालना गर्न पनि आग्रह गरेका छन् ।

उनीसहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु आइतबार समन्वय समितिले आहृवान गरेको बैठकमा सहभागी भएका थिए । समन्वय समितिले भारतबाट गाउँ फर्किएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

बैठकमा दुई गाउँपालिकाबाट उपप्रमुख र १० स्थानीय तहबाट प्रमुख नै सहभागी थिए । छत्रकोट र मदाने गाउँपालिकाबाट उपप्रमुख सहभागी थिए । त्यस्तै जिल्ला स्थित राजनीतिक दलका प्रमुख पनि बैठकमा सहभागी थिए ।

समन्वय समिति प्रमुख लक्षमण पराजुलीले होम क्वारेन्टाइनमै बस्न सबै जनप्रतिनिधिलाई आग्रह गरिएको बताए । ‘सँगै चालकपनि आफ्नै होम क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने, ‘केहीको पीसीआरका लागि स्वाब संकलन गरेका छौं, रिर्पोट नआउँदासम्म सुरक्षित रुपमै घरमै बस्ने भन्ने छ ।’ स्थानीय प्रशासनले सोमबार नै ४४ जनाको स्वाब संकलन गरेको छ ।

उनको कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाको पनि स्वाब संकलनको तयारी भइरहेको उनले बताए । त्यस्तै संक्रमित देखिएका धुर्कोट गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । -ईकान्तिपुर डट कमबाट

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D