gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका विद्यालयमा विद्युतीय घण्टी जडान

रमेश विश्वकर्मा
गुल्मी, फागुन २९ । जिल्लाका विद्यालयहरुमा स्वचालित विद्युतीय बेल जडान गरिएको छ । मुसिकोट नगरपालिका १ पौँदी अमराईमा रहेको नेपाल राष्ट्रिय सर्वोदय उच्च माविमा स्वचालित घण्टी जडान गरिएको हो ।
स्वचालित घण्टी प्रयोगले विद्यालयमा घन्टी बजाउन कर्मचारीको आवश्यकता पर्दैन ।

विद्यालय सुरु भएदेखि बेलुका चार बजेसम्मका सबै घण्टी स्वचालित रुपले बज्ने गर्छन् । विद्यालयमा पहिलो पटक विद्युतिय घण्टी जडान गरे पछि प्रतिकृया दिदै विद्यालयका प्रअ चिरन्जिवी थापाले विद्यालयलाई प्रविधी मैत्री बनाउन यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर थापाले विद्युतिय घन्टी समयको आवश्यकता रहेकाले जिल्लामै पहिलो पटक घण्टी जडान गरिएको बताए । मुसिकोट नगरपालिकाकै वडा नं २, खस्थोक अमराईमा पनि स्वचालित बेल जडान गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D