gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका यि युवा जो प्रेसर कुकरमा गुल्मीको कफी बनाई बेच्छन्, कमाउँछन् महिनाकै ५ लाख रुपैँया सम्म

प्रेसर कुकर कफी । सुन्दै अचम्म । कफी नपिउने आजकल को होला र? तर प्रेसर कुकरमा पकाएको कफी पिउने हामी कती छौँ होला ? हामी मात्रै हैन संसारमै एकदम कम होलान् । प्रेसर कुकर कफी त्यो पनि हाम्रै गुल्मीको । नेपालमा कफी भित्राउने नै गुल्मेली । गुल्मी अर्गानिक कफीको चर्चा धेरै सुन्दा सुन्दै पनि आफ्नै गाउँठाउँमा फलाईएको कफी नचाख्ने तपाईं हामी गुल्मीकै धेरै जना छौ, अझ अरुको त के कुरा गर्नु ?

तर एकजना गुल्मेली गुल्मीकै कफी प्रेसर कुकरमा बनाएर लाखौंँ आम्दानी गरिरहेका छन् । प्रेसर कुकरमा कफी बनाएरै महिनामा ५ लाख सम्म कमाउने गुल्मीका युवा हुन् बिष्णु पाण्डे । बिष्णुले विदेश काम गर्न जाँदा पहिलो पटक कुकरबाट कफी बनाएको देखेका थिए।

उनले देखेको त्यही कुरा नेपालमा पनि लागू गर्न खोजे। बजारमा पाइने सामान्य प्रेसर कुकरलाई आफूले चाहेजस्तो गरी मोडिफाई गरीदिन उनले एक जना इन्जिनियरलाई भने। पाँच वर्षअघि बुटवलमा कुकर कफी सुरू गरे।

बिष्णुले बुटवलमा सुरू गरेको कुकर कफीलाई उनका दुई भाइले काठमाडौं ल्याइपुर्‍याएका छन् । सिनामंगलमा रहेको पाण्डे तन्दुरी एण्ड खाना घर जुन खाना घर भन्दा पनि धेरै कुकर कफी पसलको रुपमा चिनिन्छ आजकल । बोर्डमा लेखिएको छ, ‘पिउँ हजुर, गुल्मीको मीठो कुकर कफी।’

बुटवलमा बिष्णुको कुकर कफीले नाम र दाम कमाउन थालेपछि भाइहरू यादव र प्रकाशलाई पनि काठमाडौंको सिनामंगलको आफ्नो होटलमा कुकर कफी सुरू गरे । कुकर कफी देखेर सुरूसुरूमा ग्राहकहरू त अचम्म परे । ‘कफी खान खोज्नेहरू पनि महंगो पो होला कि भनेर हिच्किचाउनुभयो,’ यादवप्रसादले भने, ‘पछि कुकर कफी, कपको ५० रूपैयाँमात्र लेखेर टाँसेपछि ग्राहक बढ्न थाले।’ पकाउने तरिका नयाँ र स्वाद पनि मिठो भएपछि कुकर कफी खानेको भीड बढ्दै गयो।

‘चियो याममा सय कप बिक्री हुन्छ,’ प्रकाशले भने, ‘अझ कतै पार्टीहरू परेको बेलामा ४ सयदेखि ५ सय कप पुग्छ।’

ग्राहकहरू कफी अर्डर गर्छन र कफी पकाएको हेरेर पनि बस्छन् ।

हेरौँ युट्युब च्यानल सिधा कुराले गरेको यो कुराकानी:

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D