gulminews logo
शुक्रबार, २०८१ बैशाख २८

गुल्मीका मृगौला पीडित बसन्तलाई जापानबाट तिन लाख रुपैँया भन्दा बढि सहयोग

प्रेम सुनार
गुल्मी, चैत्र १२ । गुल्मीमा केहि महिना अघि देखि वसन्त बचाऔं अभियान चलिरहेको छ । दुधे वालक छँदा आमाको निधन भएको र पछि वावुको निधन हुँदा थप पिडित भई ऋणमा डुवेका गुल्मी म्यालपोखरीका ३५ वर्षिय वसन्त कुँवरका दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा छन् ।

गाडी लाईनमा काम गरेर श्रीमति र दुई सन्तानको चुलो चलाउँदै आएका मृगौला पिडित कुँवरलाई यातायात पेशाकर्मी, आफन्तजन, महिला समुह , क्लवहरुले सामाजिक सञ्जाल मार्फत वसन्त वचाऔं अभियान छेडे पछि विभिन्न मुलुलकबाट सहयोग हुँदै आएको छ ।

यहि क्रममा जापानमा रहेका गुल्मेलीहरुले त्यहाँ अभियान छेडे पछि उनको उपचार्थ त्यहाँ बाट रेसुङ्गा नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे, तम्घासका युवा उद्यमी ईस्वरी कँडेल मार्फत ३ लाख २६ हजार ८ सय ८४ रुपैयाँ पठाईएको थियो ।

त्यसमा वडाध्यक्ष पाण्डे र कँडेल प्रति व्यक्ति २५ सयका दरले थपेर सोमवार एक कार्यक्रमका विच पिडित कुँवरका आफन्तजनलाई सो रकम हस्तन्तर गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यतामा जापनमा सहयोग संकलनको अभियान छेड्ने तम्घासका गोविन्द पाण्डे , तम्घासकै दिपक आचार्य, अर्खलेका प्रेम गौतम विरवासका लालबबहादुर कार्कीका परिवारजन मध्ये आचार्यका पिता डिल्लीराज आर्चाय र मेयर भुसालको हातबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम ग्रहण गर्दै पिडित कुँवर र उनका परिवारको तर्फबाट उनका साडु भाई म्यालपोखरीका कुलबहादुर खत्रीले सहयोगदाताहरु प्रति आभार प्रकट गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, कुँवरको सहयोगको अपिल सम्वन्धी समाचार सम्पे्रषण गर्ने पत्रकार प्रेम सुनार, गुुल्मी यातायात व्यवसायी संघका सहकोषाध्यक्ष माधव विष्ट, यातायात व्यवसायी किरण कुँवर लगायतको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको थियो । एक विज्ञप्ती मार्फत सहयोग संकलन अभियानकर्ताले सहयोगदाता सवैलाई धन्यवाद ज्ञपान गरेका छन् । पिडित कुँवर मदाने गाउँपालिका वडा नमवर ४ , म्यालपोखरी घर भई तम्घासमा वस्दै आएका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भई रहेको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघकी प्रदेश सभासद संजिवनी अर्यालले गरेकी थिईन ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D