gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका भण्डारी बेलायतमा ‘कम्युनिटी हिरो अवार्ड’ बाट सम्मानित

लन्डन, डिसेम्बर २० । बेलायतका सुपरिचित व्यवसायी तथा पूर्व पर्यटन दूत पशुपति भण्डारी ‘कम्युनिटी हिरो अवार्ड’ बाट सम्मानित भएका छन् । एसियन क्याटरिंग फेडरेशनले कोभिड -१९ को समयमा स्थानीय समुदायलाई पुराएको सहयोगको कदर गर्दै एभरेस्ट इन समूहका अध्यक्ष भण्डारीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो। यो वर्ष पनि एभरेस्ट इन समूहले ‘बेस्ट नेप्लिज रेस्टुरेन्ट अफ दि इयर २०२०’ अवार्ड प्राप्त गरेको छ।

लकडाउन भन्दा ठिक पहिले गत मार्च महिनामा ब्रिटिश संसदको माथिल्लो सदन, हाउस अफ लर्ड्स, मा आयोजित एक समारोहमा एभरेस्ट इन समूहका कार्यकारी सेफ शंकर पाण्डेलाई ‘बेस्ट सेफ अवार्ड’ प्रदान गरिएको थियो। उक्त समारोहमा कोब्रा बियरका संस्थापक तथा अध्यक्ष लर्ड करण बिलिमोरिया लगायत लर्ड्सहरु, सांसदहरु, कूटनीतिज्ञ तथा व्यवसायीहरुको उपस्थिति थियो। भण्डारीले लगातार सर्वोकृष्ट पुरष्कार प्राप्त गर्न सफल भएकोमा एभरेस्ट इन समूहका सम्पूर्ण स्टाफहरुलाई बधाई तथा धन्यवाद दिए।

यसै गरी एभरेस्ट इन समूहका निर्देशक यादव भण्डारीले आगामी दिनमा पनि उच्च गुणस्तरको नेपाली तथा इण्डियन खाना एवं सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए। एभरेस्ट इन समूहले ब्रिटेनमा ५ ओटा रेस्टुरेन्टहरु संचालन गर्दै आएको छ। नेपालको गुल्मीमा जन्मिएका पशुपति भण्डारी तथा यादव भण्डारी दाजु भाई विभिन्न सामाजिक कामहरुमा सक्रिय रहंदै आएका छन् । – लण्डननेपाल न्युज डट कमबाट

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D