gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीका पन्थले जन्म दिनको खर्च कटाएर बृद्धाआश्रममा सहयोग

अनिल खत्री
गुल्मी, ४ पुस । कतिपयले जन्म दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले जन्म दिनको खर्च सामाजिक कार्यमा खर्चिन्छन् ।
गुल्मीका एक युवा व्यवसायीले पनि फरक तरिकाले आफनो जन्म दिन मनाउदै आउने गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनम पन्थले पनि आफनो जन्म दिनको खर्च कटाएर बृद्धाबृद्धहरुको निम्ति खर्चिएका छन् ।

पन्थले आफनो जन्म दिनको अबसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण बृद्धाआश्रममा पुगेर बृद्धाबृद्धहरुलाई सामुहिक भोजन गराएका छन् । बृद्धाआश्रममा रहेका ५० जना बृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका हुन् । पन्थले रुरु धार्मिक सेवा संचार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, ताता टोपी, हात धुने साबुन र रुरुक्षेत्र हषीकेशमन्दिर को लागि २ महिनालाइ फ्री ईन्टरनेट सुबिधा प्रदान गरेका थिए । आफनो जन्म दिनको अबसरमा गरेको यस्तो पुनित कार्यको रुरु धार्मिक सेवा संचार प्रालीले धन्यावाद ज्ञापन समेत गरेको थियो ।

पन्थले अघिल्लो वर्ष गुल्मी सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा सहयोग गरेर जन्म दिन मनाएका थिए । अपांगताको क्षेत्रमा काम गर्दै आएको आशालाई उनले जन्म दिनको खर्च कटाएर न्यानो कपडा लगायत सहयोग गरेर आफ्नो जन्म दिन मनाएका थिए । जन्मदिनमा हुने फजुल खर्चलाई आफुले सानोभएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले केहि वर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पन्थले बताए । मुख्य त जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्य आफुमा रहेको पन्थले बताए ।

तम्घासमा व्यवसाय गर्दै आएका पन्थ बिभिन्न सामाजिक कार्यमा क्रियाशिल छन् । उनि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाका निवर्तमान अध्यक्ष एवम उद्योग बाणिज्य संघ गुल्मीका सदस्य पदमा रहेर काम गर्दै आएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D