gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीका दुई नगरमा मात्रै झण्डै एक अर्बको योजना

प्रेम सुनार

गुल्मी, २७, भदौ । गुल्मीका दुई नगरपालिकामा संघिय सरकारबाट झण्डै एक अर्बको योजनाहरु पर्ने भएका छन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार त्यस नगरपालिकामा ५० शैयाको अस्पताल निर्माण र दोभान देखि नेटाको विकट गाउँ लिलिङ्ग सम्म फराकिलो र पक्की सडक निर्माणका लागि ४० करोड भन्दा बढि रकम संघिय सरकारबाट पर्ने भएको छ ।

सो नगरपालिकाले २५ बर्षे गुरु योजना अगाडी सारेको छ । गुरु योजना तयारीका लागि ४० लाख रकम विनियोजन भई सकेको छ । उनले संघिय सरकारका दुई मन्त्रीहरु प्रदिपकुमार ज्ञवाली र गोकर्णराज बिष्टको पहलमा मुसिकोट र रेसुङ्गा नगरपालिकामा यस्ता दुई ठुला योजनाहरु पारिएको बताए ।

रेसुङ्गा नगरपालिकामा ५० शैयाको अस्पताल पुर्व स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गरे पनि रकम सोही अनुरुपको रकम नपरेर अलपत्र रहेको छ । त्यसका लागि र रेसुङ्गाको धार्मिक क्षेत्रको पर्यटकिय विकासका लागि ५० करोड रकम पर्ने भएको छ । मेयर सापकोटाले यी योजनाहरुको स्टुमेट गर्नका लागि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको टोली नगरपालिकामा आई सकेका छन ।

मन्त्री गोकर्णराज बिष्टले ५० शैयाको अस्पतालका अलवा तम्घासमा शानदार सभाहल निर्माण र किरण पुस्ताकालयको भवन निर्माण तत्कालबाट सुरु गर्ने योजना अगाडी सारेको बताए । अर्का मन्त्री प्रदिपकुमार ज्ञवालीले गुल्मीको बिकासले फड्को मार्ने गरी सुरु गर्न लागिएको उद्घोष गरे ।

उनले कालिगण्डकी कोरिडोरको १० मिटर चौडा सडकको शुभारम्भ गर्ने क्रमममा केहि मित्रहरु साह्रै अत्तालिएको भन्दै भने –‘ अब विकासका लागि कुनै पार्टी छैन । छ भने त्यो विकास पार्टी हो । अबको विकासमा कुनै पार्टी नभनौं , हामी भनेर साझा भावनाका साथ बिकास गरौं । हामी गुल्मीको विकासमा दिर्घकालिन प्रभाव पर्ने गरी अगाडी बढ्दै छौं । ’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D