gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका किसानको सकस: पैसा बुझाई सकेर असारमै पाउनुपर्ने कृषि सामग्री भदौसम्म पनि आएन

हुमाकान्त पोख्रेल
गुल्मी, भदै १३ । मुसिकोट नगरपालिका ७ का हर्क बहादुर खासुले अझैसम्म पनि सामग्री पाउन सकेका छैनन् । उनले सामग्री पाउनकै लागि गत असार २० गते कुल रकमको २५ प्रतिशत अर्थात १६ हजार २५० वैंक अफ काठमाडांैमा जम्मा गरे । तर ढिलोमा असार मसान्तसम्म आइपुग्नुपर्ने उनको घाँस काट्ने चापकटर मेसिन अझैसम्म आइपुगेको छैन । चापकटर लिनकै लागि उनी धेरैपटक तम्घास धाए त धैरैपटक मन्त्रालय धाए । तर बिना परिणाम रित्तै हात फर्कन बाध्य भए ।

‘ठेकेदारले फोन गरेर रकम जम्मा गर्न भनेपछि हतार गरेर बैंकमा रकम जम्मा गरे, तर अझैसम्म पनि मेसिन पाउन सकिएन ।’ उनले भने, ‘पैसा र मेसिन दुवै गुमेजस्तो लाग्यो ।’ उनले आफु पटक–पटक सम्बन्धित कार्यालय धाउदाँ पनि कर्मचारीले अनेकथरी कुरा गरेर टार्ने गरेको बताए । खासुका नाती बिमल छन्त्यालले यो घटनामा कर्मचारीकै मिलेमतो हुन सक्ने आरोप लगाए ।

‘असारमै आउनुपर्ने मेसिन भदौमा पनि आउदैँन, त्यसैमाथि कर्मचारीको व्यवहार पनि राम्रो छैन ।’ उनले भने, ‘यसमा कर्मचारी र ठेकेदार दुवैको मिलेमतो छ ।’ यसका साथै उनले अन्य ठाउँमा पनि यस्ता धेरे घटनाहरु हुने बताए । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख अमरराज शर्मा घिमिरेले मेसिन तम्घास आइसकेको तर बिग्रीएकोले प्रदान गर्न नसकिएको बताए ।

मन्त्रालयका कृषि प्रसार अधिकृत मुकेश राम्जालीले केहि दिनमै मेसिन किसानलाई प्रदान गरिने बताए । आफुहरुले ठेकेदारलाई पनि छिटो बनाउन आग्रह गरेको उनले बताए । तर पिडितले भनेजस्तो आफुहरुको निर्माण व्यवसायीसँग भने कुनै मिलेमतो नभएको दाबी गरे । यससम्बन्धमा सामान ल्याउने जिम्मा पाएको आधुनिक कृषि सञ्चारका राजाराम तिवारी केहि दिनमै आफुले मेसिन बनाउने इन्जिनियर पठाएर प्रदान गर्ने बताए । उनले यो धेरै ठुलो र चिन्ताको बिषय नभएको प्रतिक्रिया दिए ।

नियमबिपरित मन्त्रालयबाट भुक्तानी

सात कृषकको नाममा आएको कृषि सामग्री कृषि ज्ञान केन्द्रमा छन् । केन्द्रमा सबै कृषकले सामग्री बुझेको हस्ताक्षर नभएसम्म प्रदेश मन्त्रालयबाट भुक्तानी दिन मिल्दैन । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख अमरराज शर्मा घिमिरेले सबैले मेसिन बुझेको हस्ताक्षर मन्त्रालय नपठाएसम्म निर्माण व्यवसायीलाई भुक्तानी गर्न नमिल्ने बताए । अझै सात जनाको फाईल केन्द्रले मन्त्रालय पठाएको छैन । मन्त्रालयका कृषि प्रसार अधिकृत मुकेश राम्जालीले पनि निर्माण व्यवसायीलाई भुक्तानी नदिएको बताए ।

एउटा रोचक कुरा के छ भने सामान ल्याउने जिम्मा पाएको आधुनिक कृषि सञ्चारका राजाराम तिवारीले आफुले पुरै भुक्तानी लिएको बताएका छन् । यसरी नियमबिपरित मन्त्रालयबाटै भुक्तानी हुनु शंकाको विषय रहेको छ । गत बर्ष कृषि ज्ञान केन्द्रमार्फत जिल्लामा ४ वटा ट्याक्टर, २३४ वटा हाते ट्याक्टर, ४० वटा मकै छोडाउने मेसिन वितरण गरिएको थियो । त्यस्तै घासँ काट्ने चापँकटर १३ वटा, थ्रेसर मेसिन र छ्यारो १÷१ वटा वितरण गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D