Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दीन् : गायिका कल्पना कुसुम - Gulminews

गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दीन् : गायिका कल्पना कुसुम

साँगितिक क्षेत्रमा लागिरहेकी र पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी गायिका कल्पना कुशुमसंग गुल्मिन्युज सहयोगी पत्रकार अनिल खत्रीले सांगितिक क्षेत्रमा भए गरेका गरिएको कुराकानी ।

कल्पना जी स्वागत छ यहाँलाई
हजुर धन्यवाद !

आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
यस्तै हो सधै झैँ स्कुल तथा कलेजमा पढाउछु खालि समयमा साँगितिक कार्यक्रमहरुमा जान्छु विशेष भन्नु पर्दा आफ्नै दैनिकीमा व्यस्त छु ।

तपाईको सांगीतीक यात्रा कसरी र कहाँबाट शुरु भयो ?
मेरो साँगितिक यात्रा २०७१ सालबाट सुरु भएको हो । मलाई संगीत सानैदेखि नै मन पर्दथ्यो पछि सङ्गीत कक्षा लिन थालेपछी झन मोहनी नै लगायो संगीतले । अहिले पनि निरन्तर सङ्गीत कक्षा लिईरहेकी छु ।

गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?
गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीतले बाच्न सिकायो, यसले थप उर्जा पनि दिएको छ । म खाली समयमा सधै संगितमै हुन्छु गितहरु गुनगुनाउन मनपर्छ । साथै म आधुनिक सगै लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ ।

तपाईलाई अहरुले कस्तो खालकी गायिका भनेर चिनिन्छ नि ?
हजुर मैले सन्देस मुलक गीतहरु बढी गाउने गर्छु । शब्द मन परेमा गाउछु जुन पायो त्यहि शब्द गाउन अप्ठ्यारो लाग्छ । गीत संगीतले फरम स्वाद फरक सन्देस दिनुपर्छ भन्ने सोच ममा सधै रहन्छ । त्यसैले सकरात्मक सोच सकरात्मक उर्जा प्रदान गर्ने गायिकाको रुपमा लिनुहुनुन्छ जस्तो लाग्छ ।

तपाईको पहिलो एल्बम कुन हो, र त्यसले कति चर्चा पायो बजारमा ?
मेरो पहिलो एल्वम भमरा हो । उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा भमरा एल्वम राम्रो रह्यो र मलाई साँगितिक यात्रामा अगाडी बढ्नका लागि प्रेरीत गरायो । त्यस पछी तीजमा लेहंगा लगाउछु नामक तिज गित निकाले त्यो गित निकै नै चर्चित भयो । सोहि गितले मलाई अवार्ड समेत जितायो । त्यपछी गतवर्षको तीजमा पनि शिवजीको दर्शन नामक तिज गित धेरैले मन पार्नु भयो र अहिले रानी चरी तिजगित निकालेको छु र यो गित पनि यतिखेर चर्चामा रहेको छ ।

आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?
म खास शिक्षा क्षेत्रको मान्छे हु शिक्षा संगै संगीतलाई पनि निरन्तरता दिदै आगामी दिनमा एउटा राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडी बढी रहेकी छु । भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु । गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दीन् ।

तपाईको साँगितिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
मलाई गायन क्षेत्रमा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु । साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपाईहरु अझै गाली गर्नुहोस कुरा काट्दै जानुहोस तर म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गाली र नकारात्मक सोचाइले भन्न चाहान्छु ।

पढाई कहाँ सम्म पुराउनु भयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो ?
पढाईको सन्दर्भमा भन्नु पर्दा मैले मास्टर डिग्री सम्म अध्यन गरेकी छु । मेरो श्रीमानले संगीत कक्षामा भर्ना गरिदिनु भयो । ततपश्चात सङ्गीत क्षेत्र निरन्तर लागि रहेको छु । मलाई यहाँसम्म ल्याई पुराउने प्रेरणाको श्रोत नै मेरो श्रीमान र घर परिवारका सबै सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको छ ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
यस क्षेत्रमा म अझै नयाँ नै भएकोले होला विदेशबाट त्यति कार्यक्रमका लागि अफर आउने गरेको छैन तर हामी तपाइलाई हाम्रो कार्यक्रममा बोलाउछौ भन्ने धेरै हुनुहुन्छ । तिजको अबसरमा जापानमा हुने कार्यक्रममा जादै छु ।

अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु । साथै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु । धन्यवाद !

यो पनि पढ्नुस्

जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा चमकको के अर्थ ?: ईन्जिनियर पाण्डेय

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D