अनिल खत्री
२८ भदौ, गुल्मी । गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।
माया गर्न चाहनेहरुले कति समय पर्खिने र
माया गर्न कस्को अनुमती चाहिन्छर
भन्ने जस्ता कथा बस्तु गीतमा समाबेश गरिएको छ । गीतकार सुबेदीको लय शब्द रहेको गीतमा शान्तिश्री परियार र बिक्रम परियारको स्वर रहेको छ ।
पुस्पाञ्जली म्युजिक प्रलि मार्फत सार्बजनिक गीतमा महेन्द्र गौतम र गरिमा शर्मालको अभिनय रहेको छ । माया प्रेममा आधारित गीत भएकाले धेरै दर्शक श्रोताको मन जित्ने डा.शिव सुबेदीले बताए ।
‘कस्को अनुमती’ लोक गीत गीतकार डा. सुबेदीले आफनै शिब सुबेदी यूट्युब च्यानबाट सार्बजनिक गरेका छन् । डा.शिव सुबेदीले राष्ट्र भक्ति भाव गीतहरुसँगै भुकम्पबाट कसरी सुरक्षीत रहने जस्ता जनचेतना मुलक गीतहरु पनि बजार आएका छन् ।
सयौं लोक दोहोरी गीतहरुमा लय शब्द दिएका गीतकार सुबेदीले भुकम्प सम्बन्धी बिषयबाट स्वीजरल्याण्डको बिश्वबिद्यालयबाट अध्ययन सम्पन्न गर्दैछन् । उनका सयौं गीतहरु निकै लोकप्रिय छन् ।
‘कस्को अनुमती’ गीतको पुरा भिडियो हेर्नुहोस् ।