gulminews logo
बुधबार, २०८१ बैशाख १२

गायिका मञ्जुको ‘तीजैमा’ भिडियोमा

अनिल खत्री
१७ साउन, गुल्मी । हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आदा महिना समय बाँकी छ । तर कालाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । कलाकारहरु तिज सम्बन्धी गीतहरुसार्बजनिक गरि सकेका छन् ।

तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा बस्तु समेटिएको हुन्छ । यहि अनुरुप तिज गीत गाउँउने प्रचलन पहिले देखि रहि आएको छ । अहिले तिज गीतमा मौलीकलतालाई ख्याल राखेर गीतमा नारिका बेदनाले समेटिएका गीतहरु पनि केहि सार्बजनिक हुने गरेका छन् ।

यसवर्ष कोरोना भाइरसले बिश्व नै संक्रमणसँग लडिरहेको बेला पनि कलाकारहरुले मौलिक संस्कृतिलाई जोगाउन तिज गीतहरु बजारमा ल्याएका छन् । यसै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्बजनिक भएको छ ।

गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘तीजैमा’ बोलको तीज गीत मार्फत व्यक्त गरेकी छन् । पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् ।

तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ । गीतमा गायिका मञ्जु पौडेल र गायिका मीना निरौलाको स्वर रहेको छ ।

गायिका पौडेल कै आफ्नो संगीत एवं दिग्गज द्यौरालीको शब्दमा रहेको यो गीतको संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् । गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन दुर्गा पौडेलको रहेको छ ।

गीतमा गायिका मञ्जु पौडेल र मीना निरौला सहित इन्दु, रश्मी र भावना लागएतको अभिनय रहेको छ । गित बीएमएस फिल्म्स को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D