gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गायिका कल्पनाको कुसुमको तीज कोसेली ‘संगीनी’ छायाँङकन

अनिल खत्री
२४ असार गुल्मी । गायिका कल्पना कुसुमको नयाँ तिज गीत छायाँङकन भएको छ । तिज आउन दुइ महिना वढि रहेता पनि कलाकारहरुलाई तीज बिशेष गीत रेकर्ड र भिडियो छायाँङकनले तीजको चटारो सुरु भएको छ ।

तीज गीत छायाँङकनको लागि तीजको बेला जस्तै सजिएर गीतको छायाँङकन जुटेको बखत भने जो कोहिलाई तिज आएको आभाष समेत दिलाउने गरेका दृश्यहरु देखिन थालेका छन् । पछिल्लो केहि वर्ष यता लगातार तिजका गीतहरु निकालेर चर्चामा रहेकी गायिका कल्पनाले यस वर्षको तिज पर्वको लागि ‘संगीनी’ नयाँ गीत छायाँङकन गरिएको बताइन् ।

उनको गीतको काठमाडौंको भैसीपाटीको सिरीकाली मन्दिर र चौर बजारमा छायाँङकन गरिएको गायिका कुसुमले बताइन् । लगातार तिजका गीतहरु निकाल्दै जान थालेपछी दर्शक श्रोताले यसवर्षको तिज कोसेली पनि सुन्ने हेर्ने चाहना राखेकाले नयाँ गीत सार्बजनिक गर्ने कल्पनाले बताइन् ।

गायिका कल्पनाको तिजका एल्वमहरु मध्ये चौथो एल्वमको रुपमा सार्बजनिक हुँदैछ । तिजको बेला संगीनी भेट भएपछी नाच गानका कुरा भएका कथा बस्तु गीतमा समाबेश गरिएको गायिक कल्पनाले बताइन् । तिजमा लगाउने कपडा देखि संघीसाथीहरु भेट हुँदाका छेडमा गरिएका कथा बस्तु गीतमा राखिएको उनको भनाई छ ।

आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिका कल्पनाले लोक बिधाका गीतहरुमा पनि रुची रहेको बताइन् । राजकुमार बगर शब्द र रोहित सुवेदीको संगीत रहेको गीतमा कृष्ण वि कले एरेन्ज गरेका छन् । गीतको अभिनयमा मिस नेपाल सन २ हजार की बिजेता उषा खड्गी को रहेको छ ।

निकेश खड्काको निर्देशन र कोरियोग्राफर राजिव समर,मेकअप सृष्टि थापाको रहेको छ । पुष्पाञ्जलि म्युजिक कम्पनीले बजार व्यवस्थापन गर्न लागेको गीतको निकेश खड्काको पहिलो तीज गीत निर्देशन रहेको छ ।

उनले फाटेको जुत्ता र जिन्दगी रक्स चलचित्रका निर्देशक थुप्रै आधुनिक गीतका चर्चित निर्देशन गरेका छन् । गीत साउनको पहिलो साता सार्बजनिक गर्ने तयारी रहेको गायिका कल्पनाले बताइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D