gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गायिका कल्पनाको अष्ट्रेलियामा तिज कार्यक्रममा धमका

अनिल खत्री
११ भदौ, गुल्मी । हिन्दु नेपालीहरुको महान पर्व तिज नजिकिन थालेसँगै बिशेष कार्यक्रम सुरु हुन थालेका छन् । स्वदेश तथा बिदेशमा तिज पर्व लिक्ष्ति कार्यक्रमहरु दैनिक जसो हुन थालेका छन् । कार्यक्रमहरुमा बिभिन्न चर्चाको शिखरमा रहेका कलाकारहरुको सहभागिताले त्यस्ता कार्यक्रमहरु अझ वढी रमाइलोमय हुने गरेका छन् ।

महिलाहरुको महान पर्वको रुपमा रहेको तिज पर्वको उपलक्ष्यमा स्वदेशमा भन्दा बिदेशमा कलाकारहरुको माग वढने र कार्यक्रमहरु हुने गरेका पनि छन् । मातृभूमिको कलासँस्कृतिसँग बिदेशमा रहेका वासीहरुले आफनो देशमा बिभिन्न चर्चाको शिखरमा रहेका कलाकारहरु लैजाने गरेका पनि छन् ।

कलाकारसँगै तिज पर्व बिशेष कार्यक्रमहरुले उनिहरुलाई स्वदेशमै तिज पर्वको झल्को दिलाउने गरेकाले पनि त्यस्ता कार्यक्रमहरु प्रवासमा आयोजना गरेको आयोजकको भनाई छ । आफ्नो देशको कलासँस्कृतिलाई जोगाउन र पर्वसँगै सामित्यतालाई नजिकबाट नियाल्न पर्व बिशेष कार्यक्रमहरु आयोजना गरिएको आयोजकहरु बताउछन् ।

तिज पर्वको बिशेष कार्यक्रमको लागि गायिका कल्पना कुसुम यतिबेला अष्ट्रेलियामा छन् । उनि अर्घाखाँची समाज अष्ट्रेलियाले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुको लागि पुगेकी हुन् । कार्यक्रमको लागि पुगेकी कुसुम अष्ट्रेलियामा रहुन्जेल २ वटा कार्यक्रममा सहभागित हुने बताइन् ।

अर्घाखाँची समाज अष्ट्रेलियाले राखेको कायक्रममा उनले एउटा कार्यक्रम सम्पन्न गरि सकेको बताइन् । कार्यक्रमको क्रममा अष्ट्रेलियाको सिण्डी स्थित रोगडेलको एभरेस्ट तन्दुरी फङसन जम्मा भएका अर्घाखाँची र नेपालका बिभिन्न ठाउँका महिला तथा पुरुषहरुलाई आफनो प्रस्तुति मार्फत नचाएको बताइन् ।

उनले तिज गीत मार्फत प्रस्तुति राख्दा महिलाहरुलाई नेपालमै भएको आभाष दिएको आयोजकहरुले बताएको गायिका कल्पनाले बताइन् । अर्घाखाँची समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पाउदा निकै खुसी तुल्याएको बताइन् ।

प्रस्तुतिका क्रममा उनले आदा दर्जन वढि तिजगीतहरु गाएकी थिइन् । उनले आगामी शुक्रवार सिण्डनिकै वेस्ट मिट भन्ने स्थानमा नेपाली समाजले राखेको कार्यक्रममा सहभागिता जनाउने बताइन् । लगातार तिजका गीतहरु निकाल्दै आएर चर्चामा रहेकी कुसुमका तिजका मात्रै आदा दर्जन गीतहरु रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D