gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गायक सन्तु थापाको सोरठी गीतको म्युजिक भिडियो बेलायतमा छायांकन

लण्डन । गायक सन्तु थापा मगरले आफ्नो एक मौलिक सोरठी गीतको म्युजिक भिडियो बेलायतमै छायांकन गराएका छन् । गायक प्रसाद खप्तरीको शब्द तथा लय संकलनमा गायकद्धय सन्तु र प्रसादका साथमा गायिका जुना श्रीसको आवाज रहेको ‘आंगनीको डिलैभरि’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको हो ।

केहि दिनअघि बेलायतको रेडिंगमा झण्डै ४० जनाको सहभागितामा सन्तुले म्युजिक भिडियो छायांकन गराए । गायक दिपु गुरुंगको भिडियोग्राफीमा गायक सन्तुले नै म्युजिक भिडियोको निर्देशन गरे । सोरठी गीत विशेषत: नेपालको पश्चिमाञ्चल क्षेत्रमा गाइने परम्परागत मौलिक भाका हो ।

‘नेपालको मौलिक भाकालाई टपक्क टिपेर बनाइएको गीतको भिडियो बेलायतमा छायांकन गरिएको हो’, गायक सन्तुले नेपालीपत्रसंग भने, ‘एउटा नयां प्रयोग र अनुभव बटुल्ने कोशिस गरेको हुं । म्युजिक भिडियो नेपालमा लगेर सम्पादन गर्ने र केहि महिनाभित्रै सार्वजनिक गर्ने उनको योजना छ ।’

सन्तुले भिडियो छायांकन गर्न सहयोग गर्ने बेलायतबासी गुल्मेली दाजुभाई, दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
santu thapa sorathi
पछिल्लो ६, ७ वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २० वटा गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला , कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत , लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन् ।
आफ्ना केहि गीतहरुको म्युजिक भिडियो आफैले निर्देशन गरेका उनले एक झ्याउरे गीतमा आफै अभिनय पनि गरेका छन् । सांगीतिक यात्राकै शिलशिलामा दुबई, मलेसिया, थाईल्याण्डसम्म पुगेका सन्तुले भारतका विभिन्न ठाउंमा त धेरैपटक कार्यक्रम गरिसकेका छन् ।

गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा गत अगस्टमा बेलायत आएका सन्तुले अहिलेसम्म बेलायतका विभिन्न ठाउंमा डेढ दर्जन बढि कार्यक्रम गरिसकेका छन् । आउंदो जनवरीमा नेपाल फर्किनुअघि थप एक दर्जन कार्यक्रम भ्याउने उनको तयारी छ ।
‘बेलायत निकै रमाइलो लाग्यो । नेपाली गीत संगीत र कलाकारलाई पनि यहांका नेपालीहरुले धेरै माया दिनुहुंदोरहेछ’, आफ्नो बेलायत अनुभव सन्तुले संिक्षप्तमा साटे, ‘यहां यति धेरै नेपाली, उनीहरुको समाज र गतिविधीहरु देख्दा त बेलायत पनि नेपालजस्तै लाग्दोरहेछ । -नेपाली पत्र डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D