gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गाडीको ठक्करबाट जापानमा गुल्मीकी ३० बर्षिया महिलाको मृत्यु

सुरज भट्टराई
गुल्मी, माघ १७ । जापानमा गाडीको ठक्करबाट गुल्मीकी एक महिलाको मृत्‍यु भएको छ । नेपालको गुल्मी घर भई जापानको ओताकुको स्यान्नो भन्ने ठाँऊमा बस्ने ३० बर्षिया महिलाको शुक्रबार मृत्‍यु भएको हो ।

जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घा घर भएकी सिता अर्यालको गाडीको ठक्करबाट निधन भएको छ । अर्याल शुक्रबार बिहान काममा जानको लागि साइकलमा गईरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घटनास्थलमै निधन भएको बताईएको छ ।

श्रीमानसँग जापानमा बस्दै आएकी मृतक महिलाको नेपालमा ७ वर्षीय एक छोरी रहेकी छिन् । मृतक अर्यालको जापानमा नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कोभिड-१९ कोरोनाको महामारीलाई ध्यानमा राखेर निश्चित व्यक्तिहरूलाई मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै अन्तिम संस्कारमा सहभागी हुन सकिने कुरा गुल्मेली समाज जापानका अधक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिएका छन् ।

शनिबार गुल्मेली समाज जापानले एक बिज्ञप्ती जारी गर्दै अर्यालको अल्पायुमै भएको निधनले सिंगो गुल्मेली समुदाय अत्यन्तै मर्माहत र स्तब्ध भएको जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D