गाउँपालिकाले मदिरा, दाईजो र महँगी नियन्त्रण अभियान थाल्ने, अभियान शुभारम्भ गर्न सांसदहरु आउने

कमल पौडेल
बडिगाड, ०४ चैत्र । बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि विशेष पहल गरिने भएको छ । गाउँपालिका भित्रको अनियन्त्रीत मदिरा, जुवातास, दाइजो प्रथा, छुवाछुत, महंगी लगाएतका सामाजिक विकृति न्यूनिकरणको लागि पालिकाले पहल सुरु गर्ने भएको हो ।

चैत्र ८ गते पालिका भित्रका सवै जनप्रतिनिधि, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, पेशाकर्मि, व्यावसायी तथा आम सर्वसाधरणलाई भेला गरि सामाजिक विकृति विरुद्ध सामुहीक रुपमा प्रतिवद्धता मार्फत समाज सुधारको अभियान सुरु गर्न लागिएको हो । लामो समयको पूर्व तयारी पछि सो अभियान घोषणा गर्न लागिएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ।

अभियानको सुभारम्भ, प्रतिवद्धता तथा घोषणा कार्यक्रममा संघिय तथा प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, छिमेकि पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सहित को सहभागिता रहेने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभएको छ ।

मदिरा, दाइजो, छुवाछुत लगाएतका विषयले समाजमा झैझगडा फैलिएकोले सामाजिक विकृति रोक्न विशेष अभियान सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले वताउनुभएको छ। चैत्र ८ गते गाउँपालिकाको कार्यालय ग्वालीचौर खार वजारमा हुने सो कार्यक्रममा बडिगाड गाउँपालिकाको सम्वृद्धि चाहने सवैलाई उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ।

फोटोः बडिगाड गाउँपालिका कार्यालय, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा, प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D