gulminews logo
शनिबार, २०८१ बैशाख १५

गाउँपालिकाद्वारा भारतमा रहेका नागरिकको उद्धार शुरु, पहिलो दिन आएका १९ जना क्वारेन्टाईनमा

सागर भण्डारी
बाग्लुङ, जेठ १० । बाग्लुङको बडिगाड गाउँपालिकाले भारतमा रहेका आफ्ना नागरिकको विवरण संकलन गरि उद्धारको कार्य थालेको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानमा बसेर बन्दाबन्दीको समयमा प्रभावित बनेका र नेपाल आउदै गरेकाहरुलाई गाउँपालिकाले उद्धार गरी क्वारेन्टाईन्मा राखेको छ ।

शुक्रवार भारतको कृष्णनगर नाकाबाट पालिका भित्रिएका १९ जनालाई गाउँपालिकाले वडा नं २ खर्बाङको त्रिभुवन नमुना माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाईनमा राखिएको छ । बन्दाबन्दीले प्रभावित बनी दैनिक जीवन यापन गर्न समेत कठिनाई भई अलपत्र परेका उनीहरु कृष्णनगर नाकासम्म आएको र त्यसपछि उनीहरुको खर्चमा गाउँपालिकाले सहजीकरण गरी बडिगाडमा ल्याईएको वडा नं ७ का वडाध्यक्ष एवम् गाउँपालिका स्तरीय क्वारेन्टाईन व्यवस्थापन तथा दु्रत गति समितिका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

यसरी वडा भित्रिनेमा वडा नं ७ का १५ जना, वडा नं ६ का १ जना र वडा नं ८ का ३ जना रहेका छन् । उनीहरुलाई गाउँपालिकाले समन्वय गरी आफ्नै खर्चमा पालिका भित्र्याएपनि क्वारेन्टाईनमा बस्दाको खर्च भने गाउँपालिकाले बेहोर्ने निर्णय भएको गुरुङको भनाई छ ।

बिहिवार पनि भारतको विभिन्न स्थानबाट सिमानमा आई अलपत्र परेका ६ जनाको उद्धार गरी जिल्ला प्रशासन कार्यालय बाग्लुङको सहजीकरणमा ल्याइएको र उनीहरु पनि खर्बाङकै क्वारेन्टाईनमा राखिएको उहाँले बताउनुभयो । शनिवार पनि ५४ जना पालिका भित्रिँदै गरेको र उनीहरुलाई गाउँपालिकाका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाईनमा राख्ने तैयारी भईरहेको गुरुङले जानकारी दिनुभयो ।

यसरी आउनेहरुलाई यातायात खर्च आफै व्यवस्थापन गर्न सक्नेले आफै गर्ने र खर्च व्यवस्थापन गर्न नसक्नेलाई गाउँपालिकाले व्यवस्थापन गर्ने बताईएको छ । आफ्ना नागरिकको अवस्थाबारे बुझ्न गाउँपालिकाका सवै वडामा गरेको तथ्याङ्कका आधारमा भारतमा रहेकाहरुको अहिले उद्धार थालिएको उहाँले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण भारतमा अलपत्र परेर घर आउन चाहेकालाई संक्रियतापूर्वक उद्दारमा खटिएको गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो ।

यसरी भारतबाट ल्याएर क्वारेन्टाईनमा बसकोहरुलाई नियमित रुपमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले ज्वरो चेकजाँच सगैं स्वास्थ्य चेकजाँच गर्ने र उनीहरुको स्वाव सकंलनकालागि ३ जना ल्याव टेक्निसियनलाई तालिमको व्यवस्था गरिएको र क्वारेन्टाईनमा बसेको ५ दिनमा उनीहरुको स्वाव सकंलन गरी पीसीआर जाँचका लागि पोखरा पठाउने गरी तैयारी थालिएको अध्यक्ष पाईजाले बताउनुभयो ।

साथै क्वारेन्टाईनमा रहेकाहरुको रेखदेख र व्यवस्थापकीय जिम्मेवारी जुन विद्यालयको क्वारेन्टाईनमा बसेका छन् सोही विद्यालयका प्रधानाध्यापकले गर्ने र सहजीकरण पालिका स्तरीय क्वारेन्टाईन व्यवस्थापन तथा दु्रत गति समितिले गर्ने समेत उहाँले जानकारी दिनुभयो । सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरु बडिगाड भित्रने बित्तिकै सिधै क्वारेन्टाईनमा राख्ने र पीसीआर परिक्षण पश्चात आउने नतिजाको आधारमा नेगेटिभ आएमा घर फर्काउने र पोजेटिभ देखिएमा उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ पठाउने गरी तैयारी थालिएको अध्यक्ष पाईजाको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D