gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गाउँपालिकाको प्रोत्साहन र डेरीको सक्रियताले दिगामे किसानलाई अवसर

अमर पन्थ
गुल्मी, मंसिर २४ । गाउँपालीकामा दुध उत्पादन कृषकलाई प्रोत्साहन अनुदान प्रदान गर्ने कार्यक्रम गुल्मीको दिगाममा सम्पन्न भएको छ । छत्रकोट गाउँपालीकाका अध्यक्ष मधुकृष्ण पन्तको बिशेष आतिथ्यतामा
सोमबार सम्पन्न कार्यक्रमको सन्चालन सदस्य रुनमाया सिङजाली ले गर्नुभएको थियो ।

प्रमुख अतिथी पन्तले कार्यक्रममा बोल्दै गाउपालीकाले दुधमा छत्रकोटलाई दुधमा आत्मनिर्भर गराउने योजना लियको भन्दै सबै किसानलाइ व्यबसायिक रुपमा दुग्ध उत्पादनमा लाग्न कृष्कलाई प्रोत्साहन गर्नुभएको थियो । त्यस्तै व्यक्तीगत हकमा प्रतिछाक ४ लिटर दुध बिक्री गरेमा प्रति लिटर २ रुपैंया पाउने र फर्मको हकमा प्रतिछाक २० लिटर दुध बिक्री गरेमा प्रति लिटर रु. १.५ किसानले पाउने भएका छन् । कार्यक्रममा वडा सदस्य साबित्रा बि क, डेरी संचालक प्रकास पन्थ, पसु स्वास्थय प्राविधिक कृष्ण प्रसाद कंडेल, समाजसेवी यज्ञ पाण्डे बामदेब पन्थ, लगायत उपस्थित हुनुहुन्थ्यो ।

बजार अभावको समस्या नहुने प्रत्याभुतिसँगै अहिले दिगामका अधिकाँस किसान भैँसीपालनमा आर्किषत देखिएको डेरी संचालक प्रकाश पन्थले बताउनुभयो । “केही साथीहरु विदेश जान छोडेर यतै भैँसीपालनमा लाग्ने कुरा आएपछि यसको लहर नै आउने देखियो ” पन्थले गुल्मीन्युजसँग भन्नुभयो ।स्थानीयका अनुसार गत ६ वर्षदेखि उक्त डेरीको स्वामित्व पन्थले नै सम्हालेको र गाउँमा दुध उत्पादन बढाउन युवाहरुलाई समेत हौसला प्रदान गरेको जस पन्थलाई मिलेको देखिएको छ भने गाउँपालिकाले समेत सन्तोष जनाएको छ । दिगामे किसानले हाल दैनिक ३५० लिटर दुध बिक्री गर्दै आएका छन् । यहाँबाट निकासी हुने दुध पाल्पा डेरी पठाउने गरिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D