Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गाउँको विद्यालयलाई सहयोग उठाउँदै जापानवासी वामेली - Gulminews

गाउँको विद्यालयलाई सहयोग उठाउँदै जापानवासी वामेली

कौरव खत्री
गुल्मी, १८ माघ । गुल्मीको एक माध्यमिक विद्यालयको लागि आर्थिक सहयोग जुटाउन वामी सेवा समिति जापानले आर्थिक संकलन उपसमिति गठन गरेको छ ।

जापानमा वामी सेवा समिति जापानले समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन उपसमिति जापानको गठन गरेको छ ।

आर्थिक संकलन उपससमितिको उपसंयोजकमा दिलिप थापा, उपसमितिका अन्य सदस्यहरुमा कृष्ण घिमिरे,विष्णप्रसाद सापकोटा,गोकुल खत्री,होमलाल सापकोटा,दिपु सापकोटा,महेन्द्र सापकोटा,भुवन सापकोटा रहेका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा रहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयले आँउदो फाल्गुन १३ देखि २० गते सम्म विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले हिरक महोत्सव मार्फत श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरि विद्यालयमा इन्जिनियरिङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्न जापानमा रहेका वामीवासीहरुले उपसमिति बनाएर जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियान थालिएको आर्थिक संकलन उपसमितिका उपसंयोजक दिलिप थापाले जानकारी दिए ।

सोही अवसरमा विद्यालयले हिरक महोत्सव मार्फत श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिरहेका छ ।

“सीपयुक्क्त जनशक्ति निर्माणको इच्छा नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा” भन्ने मुल नारा सहित विद्यालयले महायज्ञबाटै ५ करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D