gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गाउँको झरनाले क्यान्योनिङमा पर्यटकहरुलाई लोभ्याउँदै: परिक्षण सकियो, अब व्यवसायिक रुपमै सञ्चालन

कौरव खत्री
बाग्लुङ, १५ असार । बाग्लुङ्गको गल्कोटमा पर्यटन प्रर्वद्धनका लागि जल साहसिक खेल क्यान्योनिङ गरिएको छ ।

शनिवार गलकोट नगरपालिका ३ को सहश्रधारा स्थित ८३ मिटर अग्लो छहराको झरनामा जोखिमपूर्ण जल साहसिक खेल क्यान्योनिङ गरिएको हो ।

ओझेलमा परेको क्यान्योनिङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण बढाउन खेल आयोजना गरिएको पर्यटन प्रर्वद्धनका लागि सहश्रधारा क्यान्योनिङका अध्यक्ष गगन कुवँरले जानकारी दिए ।

गलकोट क्षेत्रकै धरोहरको रुपमा रहेको क्यान्योनिङलाई व्यापक प्रचार प्रसार गर्दै यसलाई थप व्यवस्थित गरेर वृद्धि विकास गराउँदै नियमित बनाउन र पर्यटन विकास र प्रर्वद्धन गदै आगामी बर्षदेखि यसको व्यवसायिक रुपमै सञ्चालन गर्ने सोच रहेको गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडा अध्यक्ष विर जङ्ग भण्डारीले जानकारी दिए ।

साथै पर्यटन प्रर्वद्धनका लागि सहश्रधारामा आयोजना गरिएको क्यान्योनिङ खेलका अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट क्षेत्रमा क्यानोयिङको प्रचुर संम्भावना रहेकोले यसको वृद्धि विकास पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले सधै सहयोगका लागि तयार रहेको बताए । साथै अवसरमा सफलतापूर्वक क्यान्योनिङ खेल खेन्ने गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडाअध्यक्ष विर जङ्ग भण्डारी, नेपाल महिला संघ गलकोट नगरकार्य समितिकी अध्यक्ष मिना श्रेष्ठ लगायतलाई टिका फुलमाला लगाएर सम्मान गरिएको थियो ।

त्यस्तै क्यान्योनिङ गरिसकेपछी आफ्नो अनुभव सुनाउदै नेपाल महिला संघ गलकोट नगरपालिकाकी अध्यक्ष मिना श्रेष्ठले भनिन्, “सुरुमा क्यान्योनिङ गर्न निकै डरको अनुभूति भएको थियो तर मसँग यसको लागि चाहिने आँट, साहस र आत्मविश्वास भएकाले सहज रुपमा झरनामा सफलतापूर्वक क्यानोयिङ गर्न सफल भएँ ।” खेलको बताइन ।

क्यान्योनिङ डोरीको सहायताले पानीको छहरामा माथिबाट तल झर्ने साहशिक खेल हो । २०७४ साल फाल्गुन र चैत्र महिना गरि २ पटक क्यानोयिङको सफल परीक्षण गरिसकिएको थियो । पछिल्लो समयमा क्यान्योनिङ तर्फ आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D