Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गल्कोटमा ६९ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास - Gulminews

गल्कोटमा ६९ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

थम्मन थापा
बागलुङ, साउन ४ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास पछि बोल्दै नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्र सम्पन्न हुन लागेका ५ वटा पुल मध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण समितिलाई आग्रह गर्नुभयो । गैरेले जनताको हरेक गतिविधिमा नगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले गलकोट नगरपालिका नगरको सम्बृद्धिमा सदैव तत्पर रहँदै विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभयो । बि.वाई.सी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो पुल गत वर्ष बैशाख १ र २ गते हुलुवा खोलामा आएको बाढीले बगाएपछि स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको थियो अब पुल निर्माण भएपछि आगाँखेत र बामियाका स्थानिय सँगै दिपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खोला वारपार गर्न सहज हुनेछ ।

सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, झोलुङ्गे पुल निर्माण समितिका संयोजक नर बहादुर थापा मगरले मन्तव्य राख्नु भएको थियो । आँगाखेत र बामिया जोड्ने उक्त झोलुङगे पुल ६९ मिटर लामो हुने उपभोक्ता समितिका सदस्य टेकनाथ गौतमले जानकारी दिनुभयो । पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिनुभयो । यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D