gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गत आवमा गुल्मी जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गरेका पन्थी सम्मानित

गुल्मी, ०७ मंसिर । गुल्मीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्तर्गत रहेको करदाता सेवा कार्यालय तम्घास गुल्मीले नवौँ राष्ट्रिय कर दिवसको अवसरमा यस जिल्लाबाट जयराम हार्डवयर सेन्टर तम्घास गुल्मीका व्यवस्थापक रामप्रसाद पन्थीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।

करदाता सेवा कार्यालयको कार्यक्षेत्र गुल्मी जिल्लाबाट आर्थिक वर्ष २०७५–०७६ मा सबैभन्दा बढी आयकर दाखिला गर्नुभएका पन्थीलाई कदर स्वरुप प्रमाणपत्र, दोसल्ला, अबिर र खादा सहित कार्यालय प्रमुख कर अधिकृत विनोद कुमार माझी, कार्यक्रम संयोजक सरिता अर्याल घिमिरे लगायतले सम्मान गर्नुभएको हो । व्यवसायी पन्थीले त्यस आर्थिक वर्षमा १७ करोड ६६ लाख बराबरको कारोबार गरेबापत सरकारलाई रु २० लाख ४८ हजार २९९ रुपैँया राजस्व तिर्नुभएको थियो ।

२०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाईदैँ आएको छ । सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसको रुपमा करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान समेत गर्दै आएको छ । राष्ट्रिय कर दिवसको अवसरमा कर कार्यालय बुटवल र कर सेवा कार्यालय गुल्मी अन्र्तगत एक जना करदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

जसअन्र्तगत बढी कारोबार गर्ने, बढी आयकर तिर्ने र सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थको कारोबार नगर्ने व्यवसायीलाई छनौट गरी सम्मान गरिएको कार्यालय प्रमुख कर अधिकृत माझीले जानकारी दिनुभयो । यसबाट समाजमा असर पुर्याउने कारोबार भन्दा पनि अरु कारोबार गर्ने व्यवसायलाई सरकारले समेत बिशेष ध्यान पुर्याएको भन्ने सन्देश प्रवाह भएको माझीले बताउनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D