खुर्पाले घाँटी छिनेर आफ्नै छोरा र भाईको हत्या, अरु दुई छोरा र आफु घाईते

प्रेम सुनार
बुटवल ३० । पश्चिम रुकुममा एक ब्यक्तिले आफ्नै छोरा र भाईको खुर्पाले काटेर निर्मम हत्या गरेका छन । त्यहाँको मुसीकोट नगरपालिमा वडा नम्वर १४ छिवाङ्गका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुर्पाले गर्धनमा छिनेर आज विहान करिव ६ वजेको समयमा हत्या गरेका हुन् ।

त्यस जिल्लाका प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार उनले खुकुरी प्रहार गरी अन्य दुई छोराहरुलाई र आफु समेत आफैले आफैलाई खुर्पा प्रहार गरेर घाईते भएका छन । आफु सहित तिन घाईते मध्ये एक छोराको अवस्था गम्भिर छ ।

एक छोरा र भाईलाई हत्या गरी अन्य दुई छोराहरुलाई गम्भीर घाईते बनाई सके पछि निजले आफुले आत्महत्या गर्ने गरी आफैलाइ घरेलु हतियारले प्रहार गरी घाईते भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । श्रीमती पँधेरोमा पानी लिन गएको बेला गरिएको हत्याका क्रममा निजले श्रीमतीलाई भने केहि नगरेको डिएसपी खड्काको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D