gulminews logo
बुधबार, २०८१ बैशाख १२

खानीगाउँमा ‘स्वास्थ्य सेवा केन्द्र’को स्थापना

हुमाकान्त पोखरेल
गुल्मी, १२ असार । रेसुङ्गा नगरपालिका –८ खानीगाउँमा ‘खानिगाउँ स्वास्थ्य सेवा केन्द्र’ स्थापना भएको छ । केन्द्रको आइतबार रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरे ।

रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ मै गुल्मी अस्पताल भएकोले त्यस वडामा अहिलेसम्म एउटा पनि स्वास्थ्य केन्द्र थिएन । राज्यले कम्तिमा ‘एक वडा–एक स्वास्थ्य केन्द्र’ को नीति लिएपछि आफुहरुले केन्द्रको स्थापना गरेको वडासदस्य कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । खानीगाउँमा स्थापना गरिएको केन्द्रबाट खोप संचालन, गर्भवती जाँच, सामान्य ज्वरो, रुघा लागेको जस्ता प्राथमिक उपचार एवम् बहिरङ्ग सेवा समेत संचालन हुने स्वास्थ्य कार्यालय, गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

केन्द्रबाट नगरपालिकामै पहिलो पटक कुपोषित बालबालिकाहरुको लागि उपचारको व्यवस्था समेत गरिएको छ । यो सँगै अब कुपोषित बालबालिकाहरुको उपचारका लागि बुटबल जानुपर्ने बाध्यताको कमी भएको छ । केन्द्रमा तीन जनाको दरबन्दी भएपनि हाल एकजना मात्रै कार्यरत छन् । केही दिनभित्रै थप दुईजना स्वास्थ्यकर्मी थपिने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै मेयर पन्थीले सबैभन्दा पहिला नागरिकको स्वास्थ्यमा आमुल परिवर्तन गर्नुपर्ने धारणा राखे । आफु मेयरमा निर्वाचित भइसकेपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्दै उनले ‘गुल्मी अस्पताल, मेरो अस्पताल’ अभियानको सुरु गरेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D