gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

खडगदेवी युवा क्लवको खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कौरव खत्री
गुल्मी, १९ कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका २ रातचौर स्थित रहेको खड्गदेवी युवा क्लवले शुभ दिपावलीको अवसरमा आयोजित खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम विहिवार सम्पन्न भएको छ ।

खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ थानपति समाज सेवा बडिगाड गाँउपालिका ५ खारा बजार बागलुङ प्रथम, आयोजक खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ गुल्मी द्धितीय भएको छ । भलिवल प्रतियोगितामा विजेता समूहलाई मेडल, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

त्यस्तै खुल्ला रेकर्ड डान्सप्रतियोगिता तर्फ बसन्त युवा परिवार गलकोट नगरपालिका ११ मनेवा बागलुङ प्रथम,आयोजक खड्कदेवी युवा क्लव मुसिकोट नगरपालिका २ गुल्मी द्धितीय, प्रिङका दर्जी तृतीय भएकी छन् ।प्रतियोगितामा विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

साथै घैटोफोर प्रतियोगिता तर्फ मुसिकोट नगरपालिका २, अमिले गुल्मीका मनोज केसी प्रथम भएका छन् । भने भाले छोपाई प्रतियोगितामा मुसिकोट नगरपालिका २ आरुपाटा गुल्मी निशान खत्री प्रथम भएका छन् । त्यस्तै महिला कुर्चि दौड प्रतियोगितामा मुसिकोट नगरपालिका २ चित्त्रुङ्ग गुल्मीका विनिता केसी प्रथम,सोही वडाका साधना केसी द्धितीय र विना केसी तृतीय भएका छन् ।

कार्यक्रममा नेपाली काँगे्रस गुल्मीका पूर्व जिल्ला सचिव हरिनारायण सापकोटा, नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका सभापति मोहन घिमिरे,काँगे्रसका युवा नेता विर बहाुर जिसी,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली,गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्री,नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका उपसभापति सन्तोष शाक्य,पेगा निमाविका प्रधानाध्यापक अशोक सोमै,तुफान परिकल्पना युवा क्लवका अध्यक्ष महेन्द्र घिमिरे, तुफान परिकल्पना युवा क्लवका सचिव रोशन सिंह ठकुरी लगायत चन्दादाता, सहयोगदाता, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा चौरासी बर्ष पूरा गरेका दुई जना बृद्ध बृद्धा र आर्थिक सहयोगी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम खड्गदेवी युवा क्लवका अध्यक्ष रविन्द्र खत्रीको अध्यक्षता तथा बरिष्ठ चन्दादाता तथा समाजसेवी जनक बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यले गएनुभएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D