gulminews logo
शनिबार, २०८१ बैशाख ८

क्लबले जोड्यो गाउँका सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा, क्यामराको संख्या १२ वटा पुर्याईने

कौरव खत्री
बागलुङ, १ चैत्र । बागलुङको एक संस्थाले होली मेलाको अवसरमा सिसिटभी क्यामेरा जडान गर्ने भएको छ । घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले आफ्नो कार्यालय आपपासमा समाजमा शान्ति सुरक्षा कायम गर्न सार्वजनिकस्थलमा सिसिटिभी जडान गर्न लागेको अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

संस्थाले चैत ३ गतेदेखि ६ सम्म आयोजना गर्न लागि रहेको आफनो ३४ औं वार्षिकोत्सव तथा ऐतिहासिक होली मेला २०७५ को पुर्व सन्ध्यामा सिसिटिभी जडान गर्न लागिएको संस्थाका कार्यवहाक सचिव प्रकाश थापाले जानकारी दिए ।

मेलाको अवसरमा सिसिटिभीको औपचारिक शुभारम्भ गरिने थापाले बताए । गाउँ समाजमा विकृति विसंगति न्यूनिकरण गर्ने उद्देश्यले गत कात्तिक १ गते देखि वडा नं ७ भित्र मदिरा विक्री वितरण र सेवनको वडा सरकार स्थानिय कल्वहरु, समुह र पसलहरुको संयुक्त भेलाले समय निर्धाण गरेको थियो ।

उक्त योजनालाई यसले थप टेवा पुग्ने अपेक्षा अनुरुप गलकोट नगरपालिका वडा नं ७ को महत्वपुर्ण स्थान सप्ताहघाट, सानोखोला खोलापारी आसपास सककगै संस्थाको कार्यालयको शान्ति सुरक्षालाई मध्यनजर गर्दै झण्डै १ लाख ५० हजारको लागतमा उक्त कार्य अगाडि बढाईएको छ । सिसिटिभी क्यामेराको सम्पुर्ण लागत मल्म सानोखोला निवासी युवा समाजसेवी तथा उद्यमी दाजुभाई टेक बहादुर थापा र तुलबिर थापाले संस्थाका आजीवन सदस्य स्वर्गीय बाबा टोप बहादुर थापा र हजुरबाबा जंग बहादुर थापाको स्मृतिमा आर्थिक सहयोग गरेका छन ।

स्थापनाकाल देखि संस्थालाई निरन्तर माया गर्दै आएका दाजुभाईले यसपटक संस्थाले ल्याएको सिसिटिभी क्यामेराको योजना समय सापेक्ष र प्रशंसनिय रहेको भन्दै आफुहरु सहयोग गर्न ईच्छुक भएको बताएका छन । रोजगारीको सिलसिलामा लामो समय देखि जापानमा रहेर होटल व्यावसाय गर्दै आएका दुई दाजुभाईले समाजमा हुने हरेक सामाजिक काममा आर्थिक सहयोग प्रदान गर्दै आईरहेका छन ।

तुलबिर थापा गलकोट रहदा घुम्टे युवा परिवारको पुर्व सदस्य, उपाध्यक्ष हुदै अहिले घुम्टे युवा परिवार जापान शाखाको सहसचिव समेत रहेका छन । युवा उद्यमी थापाले आफु परदेशमा रहेपनि गाउको विकास र प्रगतिको निम्ति कमाईको केहि अंश समाजमा सहयोग गर्दै आईरहेको बताए । घुम्टे युवा परिवारले चैत ३ गतेदेखि ६ गतेसम्म आयोजना गरेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको अवसरमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना तय गरेको थियो ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराधिक कृयाकलाप न्यूनिकरण गर्ने उद्येश्यले सिसिटिभी जडान गर्न लागिएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए । यो सुरुवाती चरण भएको र निकट भविष्यमा आर्थिक व्यवस्थापन गर्न सके वडा नं ७ का अन्य सार्वजनिक स्थलमा समेत यो कार्य अगाडी बढाउन सकिने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । वि.सं २०४१ सालमा स्थापना भएको जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवारले स्थापनाकाल देखि नै स्थानिय स्तरमा सामाजिक कार्यहरुमा सकृय रहककदै आएको सहसचिव प्रकाश थापाले बताए ।

साथै रोजगारीको सिलसिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्यहरु, शुभेच्छुक, संस्थाका संस्थापकहरुको सक्रियतामा गत भदौमा जापानमा समेत संस्थाको शाखा विस्तार पछि सामाजिक कार्यमा थप सकृयता बढेको उपाध्यक्ष जीवन साहानीले बताए ।

घुम्टे युवा परिवारको परिसरमा सिसिटिभी क्यामेरा सञ्चालनमा आएपछि यस क्षेत्रमा शान्ति सुरक्षामा थप टेवा पुग्ने संस्थाका सदस्य भुमिराज थापाले बताए । यस क्षेत्रमा संस्थाको सकृयतामा झण्डै १२ वटा सिसिटिभी क्यामेरा सञ्चालनमा ल्याउन लागिएको संस्थाले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D