Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च स्थानीय त्रसित - Gulminews

कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च स्थानीय त्रसित

थम्मन थापा
बागलुङ, जेठ २२ । २ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारत बाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारत बाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ ।

सरकारले कोरोना परिक्षणको दायरा प्रर्याप्त मात्रामा बढाउन सकेको छैन । पछिल्लो समय जिल्लामा भारतबाट आएका करिव ११ सय जनाको स्वाव परिक्षण गर्न बाँकी रहेको छ । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र जारी लकडाउनको अवस्थामा पनि भारतका विभिन्न स्थानबाट आएका नागरिकहरु स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् ।

क्वारेन्टाइनमा रहेका करिव १ हजार १ सय जनाको स्वाव संकलन र परिक्षण गर्न बाँकी छ । भारतबाट आएर स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १ हजार ३ सय बढि नागरिकहरुमध्ये करिव २ सय जनाको मात्र स्वाव संकलन गरिएको र बाँकी ११ सयको हाराहारीमा रहेकाहरुको स्वाव संकलन र परिक्षण बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वाव संकलन गरिएका २ सय जनाको पिसिआर परीक्षणका लागि पोखरा पठाइएको भएपनि रिपोर्ट भने आउन ढिलाइ भएको उहाँको भनाई छ ।

भारतवाट आउने क्रम बढिरहेको अवस्थामा जिल्लामा व्यवस्थित क्वारेन्टाइन नहुँदा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये अधिकांश जिल्लामा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर रिपोर्टका लागि २ देखि ४ दिनसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था आउन थालेको धौलागिरी अस्पतालले जनाएको छ । यता जिल्लामा कोरोना संक्रमित बढे सँगै स्थानीयमा त्रास समेत बढ्न थालेको छ ।

जिल्ला भर कोरोना संक्रमणको संख्या वृद्धि भए पछि अहिले आइसोलेशन कक्षको समेत समस्या भएको छ । सरकारले स्थानिय तहमा आइसोलेशन कक्ष निर्माण गर्न रणनीति गरेको भन्दै स्थानीय तहले गुनासो समेत गर्न थालेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D