gulminews logo
मंगलवार, २०८० चैत्र ६

कोरोनाले थलिए व्यवसायी, घरभाडा समेत तिर्न नसक्ने अवस्थामा

सन्तोष महतारा
गुल्मी, २६ भदौ । सिङ्गो अर्थतन्त्रलाई हलचल गराउने गरी विश्वभर कोरोना भाइरस (कोभिड – १९) फैलिरहेको छ । यसको प्रत्यक्ष असर व्यवसायीहरुमाथि पनि छ । सबैठाउँमा साना तथा ठुला व्यवसायीहरु मार खेपिरहेका छन् ।

गुल्मीको सदरमुकाम तम्घासका व्यवसायीहरु पनि आर्थीक हिसाबले उठ्नै नसक्ने गरी थला परेको गुनासो गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घास सहिदचोकमा व्यवसाय गर्दै आएका देबराज पाण्डेले कोरोनाको कारण व्यवसाय चौपट भएको बताए । उनले भने, “लकडाउनका कारण व्यवसाय ३ महिना पूर्ण रुपले बन्द र अहिले केही मात्रामा खुकुलो भएपनि व्यवसाय उठ्नै नसक्ने गरी थला परेको छ ।” पाण्डेको सदरमुकाम तम्घासमा ३ वटा फेन्सी पसल छन् । मासिक भाडा २८ हजार तिर्नुपर्दछ । तर अहिले व्यापार नै हुदैन । व्यापर शुन्य छ । “घरभाडा तिर्ने स्थिति छैन, प्रत्यक्ष रुपमा व्यवसायी मारमा छन् ।” व्यापरी पाण्डेले भने “पछिल्लो समय लकडाउन खुकुलो पारिएको अवस्थामा पनि घरभाडा तिर्न सकिएको छैन ।”

सदरमुकाम तम्घास कै अर्का व्यवसायी उमाकान्त मरासिनी पनि आफ्नो व्यापर अस्तव्यस्त बनेको गुनासो गर्दछन् । ‘पछिल्लो समय लकडाउन खुकुलो भएतापनि हामी सबैलाई कोरोना भाइरस (कोभिड – १९) को डर रहेकै छ ।’ व्यवसायी मरासिनीले भने, “मनोवैज्ञानिक असरले पनि व्यापार नभएको हो ।” मानिसमा अहिले व्यापर भन्दा पनि भाइरस संक्रमणको डर रहेको छ । आफुलाई संक्रमण हुन्छ भन्ने मनोवैज्ञानिक असरले व्यापर हुन नसकेको उनको तर्क छ । व्यापार उठ्न सक्ने अवस्थामा नरहेको उनले गुनासो गरे

तम्घासकै सुमन पाण्डेले पनि कोरोना भाइरस (कोभिड – १९) ले व्यापार व्यवसायलाई संकटमा पारेको र यसले केही वर्ष आफुलाई पछाडी धकेलिरहेको बताए । एक दुई जनाको मात्रै नभई सबै व्यवसायीहरु यतिखेर आर्थीक हिसाबले थला परिरहेको उनको भनाई छ ।

उद्योग वाणिज्य संघ जिल्ला शाखा गुल्मीले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) का कारण व्यवसायी प्रत्यक्ष मारमा परेको भन्दै सबै व्यवसायीलाई धैर्य रहन आग्रह गरेको छ । ‘यस महामारीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै व्यापारीहरु पनि जोखिम मोलेर वाध्यताले व्यापर गनुपर्ने अवस्था छ ।’ उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले भने, “हामीले व्यापरीको पीडालाई मध्यनजर गर्दै प्रशासनसँग समन्वय गरी समय व्यवस्थापन गरेर पसल खुलाईरहेका छौं ।”

पीडित व्यापरीहरुको समस्या बुझेर अगाडी बढ्ने उद्योग वाणिज्य संघ गुल्मीले जनाएको छ । तर सबै व्यापारीहरुले कोरोना भाइरस (कोभिड – १९) बाट बच्न उच्च सर्तकताको उपाय अपनाएर खरिदविक्री गर्न उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले आग्रह गरेका छन् ।
आर्थीक हिसाबले व्यापरी उठ्नै नसक्ने गरी थला परेको यो अवस्थामा सबै व्यवसायीहरु धैर्य रही उच्च सर्तकता अपनाएर व्यापर गर्न वाणिज्य संघको आग्रह छ । व्यापरीहरु पहिलेकै अवस्थामा लामो समय लाग्ने अधिकांश व्यापरीको गुनासो छ । व्यापरीहरु आत्मवल बढाएर धैर्य गर्नुको विकल्प नरहेको उद्योग वाणिज्य संघ गुल्मीले जनाएको छ ।

गुल्मीमा दोस्रो पटक गत भाद्र ५ गतेदेखी १२ गतेसम्म पुर्ण रुपमा लकडाउन गरिएको थियो । सदरमुकाम तम्घासमा यतिबेला दुग्ध व्यवसाय, तरकारी पसल, उद्योग व्यवसाय तथा अन्य पसलहरु फरकफरक समयमा खोलेर सकेसम्म भीडभाड कम गरी अतिआवश्यक काम मात्रै गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसैअनुसार विभिन्न गतिविधिहरु संचालन भइरहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D