gulminews logo
बुधबार, २०८१ बैशाख १९

कोरियामा सातौँ रेसुंगा भलिवल प्रतियोगिता हुने, बिजेतालाई १३ लाख वन पुरस्कार

सोल, बैशाख २३ । गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सातौँ रेसुंगा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा झन्डै १२ बर्ष देखी बिबिध सामाजिक कार्यमा निकै अग्रसर गुल्मी सम्पर्क समितिले यहि आउँदो जुन २ तारिक सातौँ रेसुङगा भलिवल कपको आयोजना गर्ने भएको हो ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने मूल नाराका साथ कोरियामा रहेका विभिन्न भलिवल टिमहरु बिच मैत्रिपूर्ण भलिवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई १३ लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र, द्धितिय हुनेलाई १० लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र र तृतिय पुरस्कार २ टिमलाई ३ लाख ५० हजार वन प्रदान गरिने समितिका अध्यक्ष चन्द्र रानाले जानकारी दिनुभएको छ ।

जुन २ तारिक आइतवार विहान ९ बजे देखि सगंबुग कुमिन छेउगानको भलिवल कोर्टमा हुने भलिवल प्रतियोगितालाई ट्रफि एच डी मोवाईल हाउस, तृतिय पुरस्कार दर्शन नमस्ते रेष्टुरेण्ट, प्रमाण पत्र कुमारी भान्छा घर, मेडल अन्नपुर्ण रेष्टुरेण्ट फाजु, ब्यानर आगमन रेष्टुरेण्टले स्पोन्सर गरेका छन् भने सहयोगीका रुपमा कोरियाबाट पैसा पठाउने भरपर्दो माध्यम स्टारेमिट, निक नेपाल ट्राभल, हेप्पी कुक रेष्टुरेण्ट रहेको छ । प्रतियोगितामा विभिन्न नेपाली खानाका परिकारहरु समेत राखिने आयोजकले जनाएका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D