गुल्मी, असार १५ । कृषि पत्रकार संघ प्रदेश ५ कमिटीको गठन गरिएको छ । बुटवल टुडे दैनिकका संवाददाता कृष्ण खनाल कृषि पत्रकार संघअन्तर्गत प्रदेश ५ कमिटीको अध्यक्षमा चुनिएका छन् ।
कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले खनालको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा बाँके जिल्लाबाट खगेन्द्र दाहाल रहेका छन् ।
यस्तै महिला उपाध्यक्षमा रुपन्देहीबाट अस्मिना पाण्डे (मीना), सचिवमा कपिलवस्तुबाट दिपक आचार्य, सह–सचिवमा रुपन्देहीबाट विकास पराजुली, कोषाध्यक्षमा रुपन्देहीबाट बसन्त बराल र सह–कोषध्यक्षमा रुपन्देहीबाट नै भुवन पाण्डे चयन भएका छन् ।
प्रदेश भेलाबाट सदस्यहरुमा अर्जुन भुषाल (अर्घाखाँची), बसन्त पौडेल (दाङ्ग), अनिता विक (बाँके), सुशीला रेग्मी (पाल्पा), केशर रोका (प्यूठान) र हुमाकान्त पौडेल(गुल्मी) चुनिएका छन् ।