गुल्मी, फागुन २१ । कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती ४ लिम्घामा २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन गरिएको छ ।
शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै ग्रामिण भेगका जनताले बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकले अपेक्षा लिएको जनाएको छ ।