गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा एक यस्तो पनि परिवार छ जसमा घरका आमालाइ पक्षघातको समस्या छ, छोरा दृष्टिविहिन छन । तर अरु सेवा गर्ने कोही छैनन । यो समस्या हो मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरका आमाछोरा च्याङग्री थापा र छोरा केशबहादुको । उनीहरु दुवै जना दृष्टिविहिन छन । आमाको पक्षघात भएका कारण शरीरको एक भाग चल्दैन । बोल्न पनि सहज रुपमा सक्दिनन् र आँखाले देख्न पनि सक्दिनन् ।
छोराको पनि उस्तै समस्या छ । उनी दृष्टिविहिन छन । यताउती छामछुम गरेर मात्र काम गर्दछन । ६९ वर्षकी आमा र ४२ बर्षका छोराको यो अवस्था देख्दा कस्को मन ब्याकुल नहोला र ?
हेरौँ रबिलाल पौडेलले तयार पार्नुभएको भिडियो: