gulminews logo
शनिबार, २०८१ बैशाख ८

कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडकलाई चौडा गरिदै, असार सम्म सकिने

बाग्लुङ, फागुन २६ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडकलाई चौडा पार्न थालिएको छ । करिडोर स्तरोन्नति गर्न सरकारले २० करोड रुपैयाँको लागतमा नेपाली सेनालाई जिम्मा दिएपछि काम सुरु भएको हो ।

कालीगण्डकी करिडोरलाई १० मिटर कायम गर्न बाग्लुङमा १० करोड र गुल्मी खण्डमा १० करोड रुपैयाँ निकासा गरिएको छ ।

नेपाली सेनाले २०७५ माघ १९ देखि २०७६ असार महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माणको काम अघि बढाएको ईमेज खबर डट कमले खबर छपेको छ ।

सडकको स्तरोन्नतिपछि कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गर्ने नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

करिडोरअन्तर्गत बाग्लुङ खण्डको मालढुंगादेखि बलेवा एयरपोर्टको सडक चौडा पार्ने काम तिव्र गतिमा भइरहेको नेपाली सेनाका अवकास प्राप्त प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले बताए ।

बाग्लुङ खण्डको ३८ किलोमिटर र गुल्मीको ८० किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकेसँगै सेनाले चौडा पार्ने काम अगाडि बढाएको हो ।

चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दुरीको यो सडक आयोजनालाई त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाकाको रुपमा लिइएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D