gulminews logo
मंगलवार, २०८० चैत्र ६

कालिगण्डकीका आठ जनाले लिए स्थायी बन्ध्याकरण सेवा

हुमाकान्त पोखरेल
१४ फागुन, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका आठ जनाले परिवार नियोजनसम्बन्धि स्थायी बन्ध्याकरण सेवा लिएका छन् । जसमा छ जना पुरुषले बन्ध्याकरण सेवा तथा दुई जना महिलाले मिनिल्याप सेवा लिएका छन् ।

शुक्रबार स्वास्थ्य कार्यालय, गुल्मीको आयोजना तथा परिवार नियोजन संघ, पाल्पा शाखाको सहयोगमा परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरमा अन्य २१ जनाले परिवार नियोजनको सेवा लिएको स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिए । पूर्तिघाट स्वास्थ्य चौकीमा संचालन भएको निःशुल्क शिविरमा परिवार नियोजन संघ, पाल्पामा कार्यरत डाक्टर यम बहादुर बस्नेतको नेतृत्वमा गएको समुहले परिवार नियोजन सेवा दिएको थियो ।

स्वास्थ्य कार्यालयले जिल्लाका अन्य पाँच स्थानमा पनि परिवार नियोजन सम्बन्धी निःशुल्क सेवा दिने जनाएको छ । जसअन्तरगत चन्द्रकोट गाउँपालिकाको शान्तिपुर स्वास्थ्य चौकीमा फागुन १६ गते, सत्यवती गाउँपालिकाको जोहाङ्ग स्वास्थ्य चौकीमा फागुन १८ गते शिविर संचालन हुने कार्कीले बताए । त्यस्तै मुसिकोट नगरपालिकाको वडागाउँ स्वास्थ्य चौकीमा फागुन २० गते, मदाने गाउँपालिकाको बाँझकटेरीमा फागुन २२ तथा तम्घासस्थित गुल्मी अस्पतालमा फागुन २४ गते निःशुल्क स्वास्थ्य शिविर हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बडागाउँ स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सरको पनि जाचँ हुने भएकोले ३० बर्षभन्दा माथिका महिलाहरुलाई उपस्थित हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । मिनिल्याप सेवा लिने महिलाहरुलाई भने खालि पेट उपस्थित हुन र एकजना सहयोगी लिएर आउन पनि अनुरोध गरिएको कार्कीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D